एक वर्षमा २३ सय ६९ प्रहरीको राजीनामा

Share this post :

Facebook
Twitter
WhatsApp

नेपाल प्रहरीमा कार्यरत कर्मचारीले एक वर्षमा झण्डै २४ सय जनाले पदबाट राजीनामा दिएका छन् । नेपाल प्रहरीको तथ्यांक अनुसार पछिल्लो एक वर्षमा २ हजार ३ सय ६९ जनाले राजीनामा दिए ।

सो तथ्यांक २०८१ साउनदेखी २०८२ असार मसान्तसम्मको हो । यस अवधिमा जवानदेखि अधिकृतसम्मका प्रहरीले राजीनामा दिएको प्रहरी प्रधान कार्यालयले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

कतिपय प्रहरी भने अपराध र आचरण विपरीतका गतिविधिमा मुछिएपछि विभागीय कारबाहीमा परेर पनि राजीनामा दिएर अलग हुने गरेको बताइएको छ ।

प्रहरीमा सरुवा, बढुवा, वृत्ति विकासलगायतमा देखिएको असन्तुष्टिको असर राजनीनामामा देखिएको बताइन्छ । वैदेशिक रोजगारीमा आकर्षक तलब पाएर पनि प्रहरी सेवाबाट अलग हुने परिस्थिति देखिएको प्रहरीले जनाएको छ । यसैबीच गत आर्थिक वर्षमा देशभरका प्रहरी कार्यलयमा अपराधसम्बन्धि ५८ हजार ४ सय ७२ उजुरी परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *