गण्डकी, कोशी र लुम्बिनी प्रदेशमा आज भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विभागका मौसम पूर्वानुमान महाशाखाले अनुसार तीन प्रदेशको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको थोरै उत्तरतर्फ अवस्थित रहेको महाशाखाले जनाएको छ । दिउँसो देशभर साधारणतया बदली रहनेछ । गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागका धेरै स्थानमा तथा तराई भू–भागका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
Post Views: 42