गण्डकी र लुम्बिनी प्रदेश सरकारबीच समन्वय वैठक

Share this post :

Facebook
Twitter
WhatsApp

गण्डकी प्रदेश र लुम्बिनी प्रदेश सरकारबीच समन्वयात्मक वैठक साेमबार मालुङ्गास्थित उत्तरबाहिनीमा सम्पन्न भएकाे छ । गण्डकी र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीद्वयकाे।उपस्थितिमा वैठक सम्पन्न भएकाे हाे ।

प्रदेशको विकासका लागि गण्डकी र लुम्बिनी प्रदेशको सहकार्यका सम्बन्धमा भएको दोश्रो मुख्यमन्त्रीस्तरीय बैठकका निर्णय एवम् प्रतिवद्धता…

नेपालको संविधानको धारा २३२ अनुसार तीन तहका सरकारबीचको समन्वय, सहकार्य र सह-अस्तित्वको मर्मलाई ध्यानमा राख्दै संविधानको अनुसूची-६, ७ र ९ बमोजिम प्रदेशको जिम्मेवारी तथा अधिकार बमोजिम संघीय प्रणालीको सबलीकरणका लागि अन्तर प्रदेश समन्वय एवं सहकार्यलाई प्रभावकारी बनाउन संविधानको धारा २३३ को मर्म र भावना अनुरूप सीमाना जोडिएका गण्डकी र लुम्बिनी प्रदेशको समग्र विकासका लागि साझा प्रयत्न गर्नुपर्ने विषयको पहिचान एवं कार्यान्वयन संयुक्त रूपमा गर्ने उद्देश्यले उत्तरवाहिनी क्षेत्र (स्याङ्जा जिल्लाको गल्याङ न.पा. वडा नं. १ मालुङ्गा र पाल्पा जिल्लाको रम्भा गा.पा. वडा नं. १ हुँगी) स्थित गल्याङ्ग न.पा. १ मालुङ्गा, खाँडामा गण्डकी प्रदेश सरकारको आयोजनामा मिति २०८२।०५।१६ मा सम्पन्न मुख्यमन्त्रीस्तरीय दोस्रो संयुक्त बैठकले देहाय बमोजिम निर्णय गरेको छः-

  1. मिति २०८१/१०/३० गते बुधबार, रानीमहल पाल्पामा सम्पन्न लुम्बिनी र गण्डकी प्रदेश मुख्यमन्त्रीस्तरीय पहिलो संयुक्त बैठकमा गरिएका २१ बुँदाका प्रतिवद्धताको कार्यान्वयनको समिक्षा गरियो। यसलाई थप प्रभावकारी बनाउन दुवै प्रदेशका योजना आयोगले संयुक्त रूपमा सरोकारवाला सबै पक्षको सहभागितामा तीन महिना भित्र कार्ययोजना बनाई पेश गर्न निर्देशन दिने ।
  2. सरकारको वार्षिक नीति तथा कार्यक्रम र बजेटमा सम्बोधन भएका साझा निर्णय एवम् प्रतिवद्धताको विवरण तयार गर्ने र बाँकी विषयलाई प्राथमिकता दिई कार्यान्वयनको व्यवस्था मिलाउन प्रदेश मातहतका निकायलाई निर्देशन दिने तथा नेपाल सरकारसँग नियमित समन्वय गर्ने कार्य प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गर्ने ।
  3. दुवै प्रदेशको धार्मिक पर्यटन विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने “दामोदरकुण्ड कृष्णागण्डकी ‘उत्तरवाहिनी’– लुम्बिनी मुक्तिमार्ग” विकासका लागि अवधारणा पत्र तयार गर्न दुवै प्रदेशको पर्यटन हेर्ने मन्त्रालयको समन्वयमा प्रकृया अघि बढाउने ।
  4. दुवै प्रदेशका आवधिक योजनामा प्रदेश समुन्नतिका लागि प्रस्तावित रुपान्तरणकारी कार्यक्रम तथा आयोजना (अन्तर प्रदेश साझेदारीमा सञ्चालन हुने भनी पहिचान गरिएका कार्यक्रम) कार्यान्वयन गर्न दुवै प्रदेशका सरकारको समन्वयमा कार्यान्वयन खाका तयार गर्न विषयगत मन्त्रालयलाई निर्देशन दिने । 
  5. कालीगण्डकी तटीय क्षेत्रको समुन्नतिका लागि दुवै प्रदेशका योजना आयोगको समन्वयमा संयुक्त रुपमा कार्यान्वयन गर्न सकिने कार्यक्रम पहिचान गरी आगामी पुस मसान्त भित्र दुवै प्रदेश सरकारमा पेश गर्ने ।
  6. यही आश्विन २१ देखि कार्त्तिक १९ गते सम्म उत्तरबाहिनी क्षेत्रमा सञ्चालन हुने कार्तिक महास्नान तथा दामोदर धर्मोत्सव भव्य रूपमा सफल बनाउन प्रदेश सरकारबाट सहजीकरण गर्ने। स्थानीय स्तरमा सहजीकरणका लागि आ-आफ्नो प्रदेशका स्थानीय तहलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अनुरोध गर्ने ।
  7. विकास व्यवस्थापन तथा सेवा प्रवाहमा एक अर्काका सिकाइ तथा असल अभ्यासहरुको अनुभव आदान प्रदान गर्न प्रमुख सचिव स्तरीय संयन्त्र गठन गर्ने । 
  8. प्रादेशिक विकासका लागि प्रदेशको जिम्मेवारी, भूमिका तथा अधिकारलाई ध्यानमा राखी यथासम्भव कानूनी तथा नीतिगत एकरुपता कायम गर्दै जाने ।
  9. दुवै प्रदेशका प्रमुख तीर्थस्थल वा पर्यटकीय स्थल जोड्ने पदमार्गको पहिचान तथा निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन संयुक्त रुपमा तयार पार्न प्रदेशका सम्बन्धित निकायलाई निर्देशन दिने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *