दुई समूहबीच झडप हुँदा स्याङ्जामा एक युवाको ज्यान गएको छ । स्याङ्जाको वालिङ नगरपालिका–५ बाहुनडाँडाका ३२ वर्षिय ढालबहादुर थापाको गएराती मृत्यु भएको हो । वालिङ नगरपालिका–७ केवेरेभन्ज्याङमा स्थानीय र चापाकोटबासीको झडप भएको थियो ।
जिल्ला प्रहरी प्रमुख दधिराम न्यौपानेका अनुसार मोटरसाइकल पड्काएर चलाएको भन्दै झडप भएको थियो । मृत्तक थापा स्थानीय हुन् । त्यहाँ आएका अर्को समूहले चापाकोटबाट मान्छे बोलाएर झगड गरेको थिए । झडपमा गम्भिर घाइते भएका थापालाई प्राथमिक उपचारपश्चात थप उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा रिफर गरिएको थियो । प्रहरीका अनुसार चिकित्सकले उपचारको क्रममा राती साढे १ बजे थापालाई मृत्त घोषणा गरेका हुन् ।
प्रहरीले घटनामा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा हरिनास गाउँपालिका–५ का २२ वर्षिय सिजन थापा र चापाकोट नगरपालिका–५ का २४ वर्षिय अनिल शाही रहेका छन् । आज विहान सभा नौ बजे पक्राउ गरि वडा प्रहरी कार्यालय वालिङको हिरासतमा राखिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनामा संलग्न अन्य व्यक्तिको खोजी जारी छ ।
