घरमै पुगेर सामाजिक सुरक्षा भत्ता नविकरण

Share this post :

Facebook
Twitter
WhatsApp

पर्वतको पैयूँ गाउँपालिका वडा नम्बर ५ ले घरमै पुगेर सामाजिक सुरक्षा भत्ताको कार्ड नविकरण गरिएको छ । सहजरुपमा सबैको पहुँच पु¥याउने उद्देश्यले घरमै पुग्ने अभियान सुरु गरेको वडाध्यक्ष निर्भिकनारायण भुर्तेतले बताए ।
वडामा रहेका ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति, विधवा र अन्य लक्षित समूहका लाभग्राहीलाई वडा कार्यालयसम्म आउने झन्झटको अन्त्य गर्न यो अभियान सुरु गरिएको उनले बताएका छन् ।
‘बृद्धबृद्धा धाएर वडा कार्यालय आउने र घण्टौदेखि लाइनमा उभिन नपरोस भनर घरघरमै पुगेर कार्ड नवीकरणको अभियान चलाएका छौ’ उनले भने, सामाजिक सुरक्षाका कार्यक्रम अझ पहुँचयोग्य बनाउने हाम्रो जिम्मेवारी हो ।’ यो अभियानको सुरुवात बानीडाँडा गुरुङ गाउँबाट गरिएको हो । वडाले घरमै पुगेर लाभग्राहीको विवरण अद्यावधिक गर्दै नविकरणको प्रक्रिया अगाडि बढाइरहेको छ ।
राष्ट्रिय परिचयपत्र नभएका लाभग्राहीको भत्ता नविकरण गर्न नसकिने भएकाले परिचयपत्र नभएका आमाबुबालाई यथाशीघ्र परिचयपत्र बनाउन अनुरोध गरिएको वडाध्यक्ष भुर्तेलले बताए । ३२३ मध्ये पहिलो दिन १५ जनाको कार्ड नवीकरण भएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *