पर्यटककाे रोजाईमा : म्याग्दीको घोरेपानी र पुनहिल

Share this post :

Facebook
Twitter
WhatsApp

पछिल्लोसमय बाह्रय भन्दा आन्तरिक पर्यटकको पहिलो रोजाईमा म्याग्दीको घोरेपानी र पुनहिल पदयात्रा पर्दछ । पदयात्राका लागि सुरक्षित र भरपर्दो गन्तव्य पनि हो, घोरेपानी–पुनहिल । विगतका दिनमा पोखराबाट करिव एक साता लाग्ने यो पदमार्ग हिजोआज भने एकै दिनमा पुगिन्छ । २८ सय ७४ को उचाईमा रहेको घोरेपानीसम्म सडक सञ्जालले छोएको छ । त्यसपछि करिव एक घण्टा पैदल हिडेपछि ३ हजार २ सय १० मिटरको उचाईमा रहेको पुनहिल पुगिन्छ ।

यो पदमार्ग अन्नपूर्ण पदमार्गकै एक खण्ड हो । विश्वका उत्कृष्ट पदमार्गमध्येको अन्नपूर्ण पदमार्गमा पर्ने पुनहिल, घोरेपानी पछिल्ला दिनमा विदेशीभन्दा बढी नेपालीको आकर्षक गन्तव्य बन्न थालेको छ ।

धौलागिरी हिमाल हेर्नलाई सबैभन्दा उपयुक्त स्थान पनि हो, पुनहिल ।
पुनहिल पुग्नका लागि लेक लाग्ने सम्भावना पनि कम हुन्छ । पहाडी क्षेत्रमा धेरै पदयात्रा नगरेकाको लागि मौसम र स्वास्थ्यका दृष्टिकोणले पनि पुनहिल उपयुक्त गन्तव्यकोरुपमा लिइन्छ । पुनहिल–घोरेपानी पदयात्रामा निस्कनेहरु धम्पुस वा घान्द्रुक हुदै आउने गर्छन् ।

पुनहिलबाट विशेषश गरी नजिकबाट हिमाल र सूर्योदय नियाल्न पाइन्छ । उदाउँदो सूर्योदय हेर्नकै लागि आन्तरिक तथा बाह्रय पर्यटक मिर्मिरेमै यहाँ पुग्ने गर्छन् ।
सूर्योदयको बेलामा देखिने हिमाल झनै आकर्षक हुन्छ । घामको झल्कोसँगै देखिने हिमालको सुन्दरताले सबैको मन लोभ्याउँछ ।

पुनहिलमा उभिएर हेर्दा आफूजत्रै देखिन्छन् अन्नपूर्ण र धौलागिरी हिमाल ।

बाटोभरि फुलेको फूल, फराकिला सिँढी, चउर, वनजंगल, अग्ला डाँडाकाँडाका मनोरम दृश्यले पदयात्रालाई झन् उत्साहित बनाउँछ । घोरेपानीको आतिथ्यता पनि लोभलाग्दो छ ।

One Response

Leave a Reply to * * * Unlock Free Spins Today: http://ashtadashvidya.org/index.php?lcxebo * * * hs=4d58722c50561f72890ae675d115fd3b* ххх* Cancel reply

Your email address will not be published. Required fields are marked *