पुतलीबजार–६ राप्रपाको अध्यक्षमा दिलबहादुर निर्वाचित

Share this post :

Facebook
Twitter
WhatsApp

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पुतलीबजार नगरपालिका– ६ नम्बर वडाको अधिवेशनले दिलबहादुर गुरुङलाई अध्यक्ष चयन गरेको छ गुरुङको नेतृत्वमा १७ सदस्यीय समिति गठन गरिएको हो ।
अधिवेशनलाई उद्घाटन गर्दै राप्रपा गण्डकी प्रदेश अध्यक्ष पञ्चराम गुरुङले झुटा नेताले सरकारको नेतृत्व गर्दा देश आर्थिक संकटमा गुज्रिनुपरेको बताए ।
‘सोझा जनतामाथि झुटा र भ्रम छर्ने नेतृत्वले गर्दा देशमा आर्थिक संकट आएको हो’ गण्डकी प्रदेशसभा सदस्य गुरुङले भने, ‘यी नेतामा दीर्घकालीन सोच छैन् । दुरदर्शी योजना नहुँदा हामी ऋणको चपेटामा परेका हौ ।’ उनले देशमा युवा पलायत हुँदा पनि सरकारले चासो नदेखाएको र आफ्नो स्वार्थमा मात्र केन्द्रित रहेको बताए ।
‘अव सरकारले यसतर्फ नसोच्ने हो भने हाम्रो देश एक दिन विदेशीको हातमा नपर्ला भन्न सकिदैन् ।’ उनले देश संरक्षणका लागि जनता एकजुट भएर अघि बढ्नुपर्ने बताए । झुटको राजनीति गर्ने नेतृत्वलाई नेतृत्वबाटै हटाउनुपर्नेमा उनको भनाई थियो ।
टक्सारमा विभिन्न पार्टी परित्याग गरी २५ जना राप्रपा प्रवेश गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *