पोखराको गण्डकी टेक्निकलमा ३ बर्से ब्युटी एन्ड कस्मेटोलोजि कोर्स पढाई हुने

Share this post :

Facebook
Twitter
WhatsApp

सिटिइभिटी अन्तर्गत नेपालको एक मात्रै निजि शिक्षण सस्था अन्तर्गत पढाई हुने डिप्लोमा तहको ब्युटी एन्ड कस्मेटोलोजि कोर्स पोखराको औद्योगिक क्षेत्रमा रहेको गण्डकी टेक्निकल ईन्स्टिच्युट प्रा.लि.मा पढाई हुने भएको छ ।

सरकारले नेपालमा हाल संचालित ब्युटी पार्लर एवं कस्मेटिक (सौन्दर्य) पेशालाई मर्यादित एवं समय अनुसार बिश्व बजार सङ प्रतिस्पर्धी बनाउनको लागि ३ बर्शे डिप्लोमा तहको कोर्स डिजाइन गरेर पहिलोपटक संचालन गरेको हो ।

बिदेशमा राम्रो पारिश्रमिकसहित उच्च माग रहेको यो तहको जनशक्ति नेपालमा हालसम्म छैन ।

नेपालमा हाल (जुलाई २०२५ सम्म) लगभग ३,१०९ वटा ब्युटी पार्लर (beauty salons) छन्, जसमा राजधानी काठमाडौंमा मात्र करिब ८७६ स्थान धेरै सघन रूपमा रहेका छन् ।

यदि ब्युटी पार्लर र कस्मेटिक पसल सबै सामेल गर्ने हो भने, “Beauty & Personal Care” मा कुल ४८२ वटा कम्पनी / व्यापारिक प्रतिष्ठानहरू छन् ।
विभिन्न पत्र-पत्रीका एवं डाटा अनुसार, देशभरमा करिब ४ लाख जना ब्युटी व्यवसायी रोजगारमा लागेका छन् र तीमध्ये लगभग ९० % महिला छन् ।

त्यस्तै, लगभग २ लाख वटा ब्युटी इन्स्टिच्युट दर्ता भइसकेका छन् । यी मध्य ९९% तिन महिनाको (लेभल-१) र छ महिनाको (लेभल-२) तालिम प्राप्त ब्यक्ति द्वारा संचालित छ्न् । जुन विश्व बजार अनुसारको मापदण्ड अनुरुप छैनन् ।

केही जनशक्ति तयार भएपछि कुनै पनि कस्मेटिक एवं सौन्दर्य सम्बन्धि पसल खोल्न वा पसलमा कार्य गर्नको लागि यस्को लाइसेन्स अनिवार्य गर्ने तयारी गरेको बुझिन्छ ।

गण्डकी टेक्निकल ईन्स्टिच्युटका अध्यक्ष ध्रुब शर्माको अनुसार गत सालदेखि सुरु भएको यो कार्यक्रममा देशैभरीबाट यो कोर्सको बारेमा चासो बढेको र विद्यार्थीले पढ्न फारम भरेको बताए ।

गण्डकी टेक्निकल ईन्स्टिच्युटमा CTEVT अन्तर्गत हाल Beauty & Cosmetology को साथै डिप्लोमा तहको ३ बर्षे कार्यक्रम अन्तर्गत सामन्य चिकित्सा(HA), फार्मेसी, मेडिकल ल्याब टेक्नोलोजी(CMLT) र १८ महिने भेटनरी जेटिए (V-JTA) कोर्सको पढाई हुदै आएको छ । भेटनरी जेटिए कोर्स SEE मा NG आएकाहरुले पनि पढ्न पाइनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *