जनताकै घरदैलाेमा छु – अध्यक्ष गुरूङ
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गण्डकी प्रदेशका अध्यक्ष पञ्चराम गुरूङले आफू निरन्तर जनताकाे घरदैलाेमा व्यस्त रहेकाे बताएका छन् ।
शनिवार उनले स्याङ्जाकाे फेदीखाेला गाउँपालिका अन्तगर्त विभिन्न कार्यक्रममा सहभागीता जनाउँदै जनतासँग प्रत्यक्ष संवाद गरेका हुन् ।
साेही क्रममा फेदीखाेला-३ पातिअल्नाकाे सिंगाे गाउँ राप्रपा पार्टी प्रवेश गरेकाे छ । युवायुवतीदेखि बृद्वबृद्वासम्मका ६० जनाले पार्टी सदस्यता ग्रहण गरि राप्रपामा आवद्व भएका हुन् ।
निर्वाचन क्षेत्र नम्बर १ काे ‘ख’ का सांसदसमेत रहेका गुरूङले एक कार्यक्रमबीच नवप्रवेशीलाई पार्टीमा स्वागत गरेका थिए ।
गुरुङ गण्डकी प्रदेश सरकारका पूर्वमन्त्री तथा प्रदेशसभामा राप्रपा संसदीय दलका नेता समेत हुन् । उनका अनुसार स्याङ्जामा पछिल्लोसमय राप्रपाप्रतिको आकर्षण तीव्र रूपमा बढिरहेको छ ।
सिद्वार्थ राजमार्गबाट दुई किलोमिटरको दुरीमा रहेकाे पातिअल्नाकाे गाउँमा अहिलेसम्म माेटरबाटाे पुगेकाे छैन् ।
नेपाली कांग्रेसको बलियो प्रभाव रहेको यस गाउँका बासिन्दा विगतदेखि नै विकासका आश्वासन मात्र पाउँदै आएको गुनासो गर्दै आएका छन् ।
“विकास गर्छु भन्ने तर भोटपछि हराउने” प्रवृत्तिप्रति आक्रोशित भएर उनीहरू सामूहिक रूपमा राप्रपामा आवद्ध भएको स्थानीयले बताएका छन् ।
लाैरीको सहारामा कार्यक्रममा पुगेकी एक वृद्धाले भनिन्, “पञ्चरामले विकास गर्छन्, झूट बोल्दैनन् । काम गर्न सक्ने वातावरण नभए पनि जनतासामु सत्य बोल्छन् । यही विश्वासका कारण हामी राप्रपा बनेका हौं ।”
उनले पञ्चरामप्रतिकाे विश्वासले नै राप्रपा बनेकाे बताइन् ।
गुरुङ लामोसमयदेखि वर्षा-हिउँको पर्वाह नगरी गाउँघरमा पुग्दै जनताको सुख–दुखमा साथ दिँदै आएका छन् ।
विकासका काममा सक्रिय रहँदै आएका उनी भ्रष्टाचारविरोधी नेताका रूपमा समेत चिनिन्छन् । गुरूङले जनता २१ ओै शताब्दीमा पनि भ्रम र झुटमै बाँच्न बाध्य भएकाे बताए ।
समाजसेवी लालबहादुर विकको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पार्टी वडा अध्यक्ष प्रेमबहादुर गुरुङलगायतका नेताहरूले पनि मन्तव्य राखेका थिए । लालबहादुर थापाले कार्यक्रमकाे संचालन गरेका थिए । गुरूङकाे सक्रियताले पछिल्लोसमय स्याङ्जामा राप्रपाकाे क्रेज बढ्दाे छ ।
