मिडिया तथा सूचना साक्षरता र मानवअधिकार सम्बन्धि अन्तक्रिर्या

Share this post :

Facebook
Twitter
WhatsApp
Site logo

अनाैपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशकाे आयाेजनामा बुधबार पाेखरामा मिडिया तथा सूचना साक्षरता सम्बन्धि  अन्तर्किया भएकाे छ ।  कार्यक्रममा मानवअधिकार  मिडिया तथा सूचना साक्षरताबारे छलफल गरिएकाे हाे ।

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशले समन्वय गरेकाे कार्यक्रममा पत्रकार सन्ताेष पाेखरेलले  मिडिया लिट्रेसीबारे प्रस्तुती दिएका थिए । 

उनले फेसबुकमा पाेष्ट गरिएका स्टाटसलाई समाचारका रूपमा लिन नहुने बताए  ।  ‘फेसबुकमा पाेष्ट भएका कतिपय कुरा आक्राेशमा आएर लेखिन्छ । ती तथ्यांक आधिकारिक नहुँदा भ्रम शीर्जना गर्न सक्छ,’ उनले भने ‘त्यसकारण त्याे कुरा कति क्रेडिबल हाे भन्ने कुरा बुझ्नुपर्छ । सकेसम्म आधिकारिक मिडियाकै  समाचार मात्र हेर्नुपर्छ ।’

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयाेग गण्डकी प्रदेश प्रमुख नितु गर्ताैलाले पछिल्लोसमय मिडिया र मिडियाकर्मी माथि पनि प्रश्न उठेकाे बताउदै अझै जिम्मेवारी हुनुपर्ने बताइन् । तटस्थ र निष्पक्ष पत्रकारिता नै बलियाे आधार रहेकाे उनकाे तर्क थियाे ।

कार्यक्रममा इन्सेक गण्डकी प्रदेश प्रमुख शिवप्रसाद खकुरेलले मिडिया साक्षरताले नागरिकलाई सूचना पचाउने क्षमतामा वृद्धि गर्ने बताए । उनले निष्पक्ष र जिम्मेवार पत्रकारिताका लागि सूचना साक्षरताको महत्त्व औंल्याए।

कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष रमेश पाैडेलले प्रेस स्वतन्त्रताको रक्षामा सञ्चारकर्मीहरू अझ सचेत र सक्षम हुनुपर्ने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशकी महासचिव जमुना वर्षा शर्माले मानव अधिकारमार्फत समातामुलक समाज निर्माण गर्नुपर्ने बताइन् । उनले मानव अधिकारकाे रक्षा स्वतन्त्र पत्रकारिताबाट मात्र सम्भव भएकाे सुनाइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *