श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

Share this post :

Facebook
Twitter
WhatsApp

वालिङ नगरपालिका–८ कटेज नमुनाटोलका ४९ वर्षिय खुमानन्द लामिछानेको २२ वैशाख, २०८० मा मृत्यु भयो । प्रहरीले तत्काल प्रारम्भिक अनुसन्धान गर्दा खुमानन्दले विष सेवन गरेको खुलेको थियो ।
प्रहरीले अनुसन्धानलाई निरन्तरता दियो । श्रीमान हत्याको आरोपमा विहीवार प्रहरीले कान्छी श्रीमती रञ्जिता लामिछानेलाई पक्राउ गरेको छ । खुमानन्दका दुई श्रीमती थिए । प्रहरीले उनीहरुप्रति निगरानी राखेको थियो । कान्छी श्रीमतीका गतिविधि संकास्पद भएपछि वडा प्रहरी कार्यालय वालिङबाट सादा पोषाकमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । वालिङ बजारको मोडस्थित लुकेर बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको जनाएको छ ।
अनुसन्धानको क्रममा रन्जिताले श्रीमानलाई खानामा विष राखेर खुवाएको खुल्न आएपछि अनुसन्धानको लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख एसपी दधिराम न्यौपानेले जानकारी दिए । पक्राउ परेकी लामिछानेलाई जिल्ला अदालत स्याङ्जामा कर्तव्य ज्यान मुद्दामा मुद्दा दर्ता गरी १० दिनको म्याद थप गरिएको एसपी न्यौपानले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *