संसदीय सुनुवाई संयुक्त समितिको सभापतिमा रामहरी खतिवडा निर्विरोध निर्वाचित भएका छन् । समितिको शुक्रबार साँझ बसेको बैठकमा सभापतिमा खतिवडालाई निर्वाचित गरियोस् भन्दै नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले प्रस्ताव गरेकोमा नेकपा (एमाले)का प्रमुख सचेतक महेशकुमार बर्तौलाले समर्थन जनाएका थिए । लगत्तै समितिमा ज्येष्ठ सदस्य पशुपतिशमशेर जवराले निर्विरोध सभापति चयन भएको घोषणा गरेका छन् ।
Post Views: 4