सशस्त्र प्रहरीद्धारा विपद् स्वंमसेवक तालिम संचालन

Share this post :

Facebook
Twitter
WhatsApp

सशस्त्र प्रहरी बल, पोखरामा रहेको कालीका गणले पोखरामा समुदाय विपद् स्वंमसेवक तालिम आयोजना गरेको छ । पोखरा महानगरपालिकाको सहकार्यमा जेठ २१ देखि असार १० गतेसम्म तालिम संचालन हुनेछ । तालिममा महानगरका कर्मचारी, वडाध्यक्षहरु, सशस्त्र प्रहरी गरी ५० जना सहभागी छन् ।

सहभागी प्रशिक्षार्थीलाई विपद्को परिचय विशेषता र नेपालमा विपद व्यवस्थापन प्रणाली, मेडिकल फस्ट रेस्पोन्डर, बाढि–पहिरो, तथा डुवान, अग्नी नियन्त्रण तथा बन डढेलो, डोरीद्धारा गरिने उद्धार, भुकम्पिय जोखिम न्युनिकरण, सडक दुर्घटना र जोखिम न्युनिकरण, टुल्स ईक्यूप्मेन्ट एसोसरिजको परिचय, सुरक्षा सावधानीद्धारा सामग्रीको प्रयोग सम्बन्धी जानकारी, विभिन्न किसिमका गाँठाहरुको परिचय र काम, विभिन्न किसिमको बेस बनाउने तरिका, Water Rescue Technique, Improvised Swimming Aids बारे सिकाइनेछ ।

यी विविध बिषयमा सैद्धान्तिक तथा व्यवहारिक ज्ञान दिलाई अझ सवल र सक्षम बनाईने साथै उक्त टोलीले विपद्को समयमा स्थानिय स्तरमा उपलब्ध सामाग्रीको तत्कालै अधिकतम प्रयोग गरि विपद्‍मा परिचालित हुने First Responder भई खटिई विपद् प्रतिकार्यमा जुट्न सक्षम बनाउने सैद्धान्तिक र प्रयोगात्मक बिभिन्न सीपहरु बिकास गर्ने गरी यस “समुदाय विपद् उद्बार (Community Disaster Volunteer)” बारे जानकारी दिने कालिका गणका गणपति सूर्यप्रसाद तिमिल्सेनाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *