वर्तमान सरकारकाे दैनिक गतिविधिका कारण आजित बनेका नेपाली काँग्रेस र नेकपा एमाले पार्टी कार्यकर्ता एक कार्यक्रमबीच आज पार्टी परित्याग गरि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेका छन् ।
स्याङ्जाकाे फेदीखाेलामा वृद्ववृदा, युवायुवती, महिला गरि ५० जना राप्रपा प्रवेश गरेका हुन् ।
राप्रपा फेदिखाेला गाउँपालिका कार्यसमिति र प्रगतिशिल आमा समुह फेदिखाेला-२ काे संयुक्त आयाेजनामा भएको पार्टी प्रवेश तथा सम्मान कार्यक्रममा प्रगतिशील आमा समुहका मात्रै २७ जना रहेका छन् ।
नव प्रवेशीलाई राप्रपा गण्डकी प्रदेश अध्यक्ष एवम् गण्डकी प्रदेश सरकारका पुर्वमन्त्री पञ्चराम गुरुङले टिका लगाएर स्वागत गरेका थिए ।
प्रदेश सभा सदस्य तथा राप्रपा संसदीय दलका नेता गुरूङले आमा समुहले गर्ने समाज सेवाका काममा आफ्नाे सधैं साथ र सहयाेग रहने प्रतिब्दता व्यक्त गरे ।
Post Views: 7