स्याङ्जाका नासिर मियाँ : जापानका अव्बल व्यावसायी

Share this post :

Facebook
Twitter
WhatsApp

गैरआवासीय नेपाली संघ जापानको २०२५–२०२७ कार्यकालका लागि क्षेत्रीय सह–कोषाध्यक्ष पदको उम्मेदवार

लामोसमयदेखी जापानको गुन्मामा बसेर व्यावसायी गर्दै आएका स्याङ्जाका नासिर मियाँ अव्वल व्यावसायिकाे रूपमा परिचित नाम हाे ।
सामाजिक कार्यमासमेत व्यस्त रहने मियाँ गैरआवासीय नेपाली संघ (NRNA) जापानको २०२५-२०२७ कार्यकालका लागि क्षेत्रीय सह-कोषाध्यक्ष पदमा उम्मेदवार हुन् ।

यसअघि मियाँले २०२३–२०२५ को कार्यकालमा गुन्मा क्षेत्रीय संयोजकको रूपमा जिम्मेवारी समालिसकेका छन् । गुन्मा क्षेत्रीय संयाेजक रहँदा उनले सामाजिक एकता सुदृढीकरण र सहभागिता विस्तार साथै सदस्यता बिस्तारलाई पहिलाे प्राथमिकतामा राखे ।
त्यस कार्यकालकाे अनुभवले नै यसपटक पनि उम्मेदवारी घाेषणा गरेकाे मियाँ बताउँछन् । ‘अनुभव र प्रतिबद्धता बोकेर राष्ट्रिय तहमा अझ पारदर्शी, उत्तरदायी र समन्वयपूर्ण NRNA निर्माणमा योगदान दिने अठोटका साथ अगाडि बढेको छु’ उनले भने । वित्तीय पारदर्शितासँगै संस्थामा विश्वास, जवाफदेहिता र सेवा संस्कारको आधार बनाउने लक्ष्य उनकाे छ ।

गुन्मा क्षेत्रमा मियाको लोकप्रियता, इमान्दार छवि र व्यवस्थापन क्षमताले NRNA जापानको आगामी कार्यकालमा सकारात्मक ऊर्जा, पारदर्शिता र समावेशिता थपिने अपेक्षा नेपाली समाज जापानकाे विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *