विजुलीको करेन्ट लागेर स्याङ्जामा एक युवाको मृत्यु भएको छ । पुतलीबजार नगरपालिका–१ का २५ वर्षीय अरुणकुमार चौधरीको बुधबार काम गर्ने क्रममा बिजुलीको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार चौधरी पुतलीबजार नगरपालिका–९ कोल्मास्थित नेटको कामका लागि पोलमा आलुमिनियमको भर्याङ राखेर काम गरिरहेका थिए । भर्याङले बिजुलीको तारसँग छुने भएपछि करेन्ट लागेर उनी घाइते भएका थिए । तत्काल उपचारका लागि प्रदेश अस्पताल पुतलीबजार लएका थिए । चौधरीलाई उपचारको क्रममा चिकित्सकले मृत्त घोषण गरेका हुन् ।
Post Views: 19