सवारी ज्यान मुद्दामा जिल्ला अदालत स्याङ्जाबाट ११ दिन कैद सजाय तोकिएपछि फरार रहेका स्याङ्जाको गल्याङ नगरपालिका–११ मजुवाका ३९ वर्षिय मेघबहादुर नेपाली पक्राउ परेका छन् ।
वडा प्रहरी कार्यालय वालिङबाट मंगलबार सादा पोषाकमा खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो । पक्राउ लगत्तै प्रहरीले नेपालीलाई जिल्ला अदालत स्याङ्जामा बुझाएको जिल्ला प्रहरीका सूचना अधिकारी डीएसपी प्रशन्नराज चौधरीले जानकारी दिए । अदालतबाट भएका फैसला कार्यान्वयनलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाई न्यायीक कारबाहीलाई पूर्णता दिई, सुरक्षित र न्यायपूर्ण समाज निर्माणको सुनिश्चितताको लागि स्याङ्जा प्रहरीले फरार प्रतिवादी पक्राउ अभियान चलाएको छ ।
Post Views: 22