सर्वोच्च अदालतले फैसला गरेको २३ वर्षपछि कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पोखराबाट पक्राउ । घटनापछि नाम नै परिवर्तन गरेर नागरिकता कायम
२०५० साल महिना फागुनको थियो । साविकको रत्नपुर गाउँ विकास समिति वडा नम्बर २ धुर्कोट हालको चापाकोट नगरपालिका–२ मा विहे आटिएको थियो । गाउँमा विहे आटिएपछि रमाइलो एकातिर थियो भने, आफन्त, घरछिमेक वरीपरीका बासिन्दा जम्मा भएका थिए ।
गाउँको विहेमा जन्ती थिए, हस्ते विक र बाजिन्द्रबहादुर सोतीमगर । २०५० सालमा हस्ते विक उमेरले ६० र बाजिन्द्र १६ वर्षका थिए । विहेमा जन्ती गएका उनीहरुको नाता सम्बन्ध केही थिएन । तर, उमेर बाउछोरा सहर थियो । पोखरा जन्ती भएका हस्ते सोती एकआपसमा झगडा गरे । झगडाले उग्ररुप लिएपछि कुटपिट भयो । हस्ते घाइते भए । उपचारको लागि उनीलाई तत्कालै अस्पताल लगियो । चिकित्सकले उपचारको क्रममा मृत्त घोषणा गरे ।
घटनालगत्तै मृत्तक हस्तेका परिवारले जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कर्तव्य ज्यान मुद्दामा जाहेरी दिए । प्रहरीले जाहेरी दर्ता गरेपछि पक्राउ गरी जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता गर्यो । जिल्ला अदालतले ५ हजार धरौटीमा रिहा गर्यो । २२ मात्र हिरासत बसेको भन्दै पीडितका आफन्तले कैद सजायको माग गरेका थिए । जिल्ला अदालतको फैसला चित्त नबुझेपछि मृत्तकका आफन्त तत्कालीन पुनरावेदन अदालत पुगे । पुनरावेदनले पनि जिल्ला अदालतको फैसला सदर गरेपछि पीडित पक्ष सर्वोच्च अदालतको ढोका ढकढकाउन पुगेका थिए । पीडितको पक्षमा सर्वोच्च अदालतले २०५९ असोज ७ गते दुई वर्ष कैद सजाय तोकिदियो ।
सर्वोच्चको फैसलापछि फरार रहेका सोतीमगर २३ वर्षपछि मंगलबार पक्राउ परेका छन् । अन्ततः १६ वर्षमा गरेको अपराधको सजाय सोतीले ४६ वर्षमा भोग्न बाध्य भए । जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट सादा पोषाकमा खटिएको प्रहरीको टोलीले पोखरा महानगरपालिका–१७ विरौटाबाट पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।
एसपी न्यौपानेका अनुसार सोतीमगरले १६ वर्ष उमेर पुगेपछि तत्कालीन नाम परिवर्तन गरी नागरिकता निकालेका थिए । ‘हामीलाई अनुसन्धानमा पत्ता लगाउनै निकै गाह्रो भयो’ एसपी न्यौपाने भन्छन ‘एक त नाम परिवर्तन गरेको छ । अर्को कुरा घटना पुरानो भयो । द्धन्द्धको क्रममा २०५८ सालमा सबै मिसिल (फाइल) जलेका थिए । पुराना फाइल प्रहरीमा नभेटिने समस्याका बाबजुद पनि पक्राउ गर्न सफल भर्यौ ।’ उनले सर्वोच्चले पठाएको लगत्त कट्टाको आधारमा पक्राउ गरिएको बताए ।
पोखरामा व्यावसाय गर्दै आएका सोतीमगरलाई प्रहरीले मंगलबार कैद सजाय भुक्तानको लागि जिल्ला अदालत स्याङ्जामा हाजिर गराएपछि जिल्ला कारागार झारिएको छ ।