फेदीखोला गाउँपालिका अव बाल श्रम र सडक बालबालिका मुक्त

Share this post :

Facebook
Twitter
WhatsApp

स्याङ्जाको फेदीखोला गाउँपालिकालाई बाल श्रम र सडक बालबालिका मुक्त घोषणा गरिएको छ । ुसडक बालबालिकाको उद्धार र व्यवस्थापन गरौं, बाल श्रम अन्त्य गरौुं भन्ने अभियानसहित फेदीखोलालाई सडक बालबालिका तथा बाल श्रम मुक्त गाउँपालिका घोषणा गरिएको हो ।
१०४ जना विपन्न बालबालिकालाई शैक्षिक सहायता, बाल श्रमविरुद्ध चेतनामूलक कार्यक्रम र बाल अधिकारका पक्षमा महत्वपूर्ण पहल गर्दै फेदीखोला अब बाल श्रममुक्त घोषित भएको छ ।
ुहरेक बालबालिकालाई शिक्षा, सुरक्षा र संरक्षण गर्नु अवको संकल्प होु फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले भने, ुपालिकाले अहिलेसम्म बालबालिकाको क्षेत्रलाई प्राथमिकता दिदै नीति, कार्यक्रम, बजेट सम्बोधन गरेको छ । आगामी दिनमा पनि हामी बालबालिकाका मुद्दालाई प्राथमिकतामा राखेर काम गर्नेछौ ।
जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद जिटीले एक कार्यक्रमबीच फेदीखोलालाई अव बाल श्रम र सडक बालबालिका मुक्त घोषणा गरेका हुन् । बालबालिकाको क्षेत्रमा पालिकाले गरेको कामलाई जिटीले खुलेर प्रशंसा गरे । कार्यक्रममा जिल्लाकै एक मात्र बालगृह अमोर सेवा नेपालकी अध्यक्ष कमला पराजुलीलाई सम्मान गरिएको थियो । एकल महिलाको प्रयासमा जिल्लामा पहिलोपटक बालगृह संचालन गरेर ४० भन्दा बढी बालबालिकालाई संरक्षण दिदै आएकी भन्दै पराजुलीलाई सम्मान गरिएको हो । बालगृहमा रहेका बालबालिकाले असाहय बालबालिकाको आधारमा नाटक प्रस्तुत गरेका थिए ।
घोषणा कार्यक्रममा जनप्रतिनिधि, सरोकारवाला, शिक्षक, विद्यार्थी, संघ–संस्था, पत्रकार, व्यवसायी, प्रहरी, आमासमूह, बाल सञ्जाल लगायतको सक्रिय सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *