गत भदौ २३ र २४ को जेन्जी आन्दोलनकाे घटना छानबिन गर्न सरकारले न्यायिक जाँचबुझ आयोग गठन गरेकाे छ ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा तीन सदस्यीय आयोग गठन गरिएकाे हाे ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको हो । आयोगमा नेपाल प्रहरीका पूर्व एआइजी विज्ञानराज शर्मा र कानुनविद विश्वेश्वरप्रसाद भण्डारीलाई नियुक्त गरिएको छ । आयोगको कार्यकाल तीन महिना रहेकाे छ । जेन्जी आन्दोलनमा ७४ जनाले ज्यान गुमाएका छन् ।
Post Views: 17