काँग्रेस सभापति देउवा र खड्काको घरमा जलेका पैसाको अनुसन्धान थालियाे

Share this post :

Facebook
Twitter
WhatsApp

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा र नेता एवं निवर्तमान ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको घरमा जलेको अवस्थामा भेटिएका भनिएको रकममाथि अनुसन्धान अघि बढाएको छ ।

गत भदाै २३ र २४ गते भएकाे जेन्जी आन्दोलनकाे क्रममा आन्दोलनकारीले घरमा ताेडफाेड गर्दै आगलागी गरेका थिए । साेही क्रममा घरभित्र पैसा भेटिएकाे भन्दै पैसा उडाएका थिए । पैसा उडाएकाे भिडियो सामाजिक संजालभरी भाईरल भएकाे थियाे । घर जलेकाे तेस्राे दिनदेखि सर्वसाधारणलाई घर प्रवेशमा राेक लगाइएकाे थियाे ।

विभागको टोलीले आइतबार देउवा र खड्काको जलेको घरमा पुगेर घटना मुचुल्का कागज खडा गरी अनुसन्धान अघि बढाएको हो । टोलीले दुवै घरबाट जलेका नोटका केही टुक्रा र वरपरबाट खरानी संकलन गरेको छ । घटनाको डेढ सातापछि विभाग अनुसन्धानमा जुटेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *