नेता-कार्यकर्तालाई प्रचण्डको निर्देशन :- जोखिमविरुद्ध सक्रियतापूर्वक जुट्नु

Share this post :

Facebook
Twitter
WhatsApp

नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभर भारी वर्षा, बाढी, पहिरो र डुबानको जोखिम बढेकाले सतर्कता अपनाउन आह्वान गरेका छन् ।

महाधिवेशन आयोजक कमिटीका संयाेजकसमेत रहेका पूर्वप्रधानमन्त्री प्रचण्डले तीनै तहका सरकारलाई तीव्र पूर्वतयारी र प्रतिकार्यमा सक्रिय हुन आग्रह गर्दै पार्टीका नेता-कार्यकर्तालाई जनतासँगै रहेर जोखिमविरुद्ध सक्रियतापूर्वक जुट्न निर्देशनसमेत दिएका छन् ।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले मौसम विभागको चेतावनीअनुसार विभिन्न क्षेत्रमा उच्च जोखिम देखिएकाले जनसमुदायलाई सुरक्षित रहन अपिल गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *