पहिराेका कारण अरनिको राजमार्ग दुईतर्फी अवरुद्ध

Share this post :

Facebook
Twitter
WhatsApp

काभ्रेपलाञ्चोक र भक्तपुरको सिमा क्षेत्र रहेको साँगामा ढुंगा र लेदोसहितको पहिरोका कारण अरनिको राजमार्ग अवरुद्ध भएको छ ।

वैकल्पिक मार्गका रुपमा भक्तपुर–नाला सडक खण्ड प्रयोग गरिएको छ । शनिबारदेखि निरन्तर परेको वर्षाका कारण भक्तपुरको सूर्यविनायक नगरपालिका-१० स्थित झोलुङ्गे पुलमा ढुंगा र लेदो सहितको पहिरो खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय भक्तपुरका प्रमुख प्रहरी निरीक्षक प्रदीप खत्रीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *