कास्की प्रहरीले मोटरसाइकलको स्वरुप परिवर्तन (मोडिफाई) गरी चलाएका चार जनालाई नियन्त्रणमा लिएको छ । मोडिफाई गरेर ठूलो आवाज निकाली ध्वनी प्रदुष्ण गर्ने, समाजलाई आतंकित पार्ने, शान्ति सुव्यवस्था खलल पार्ने, चेकजाँचको क्रममा प्रहरीसँग विवाद गर्ने व्यक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याइएको कास्की प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा ग १२ प ९८३२ नम्बरको मोसा चालक पोखरा–१० बुद्धचोकका २१ वर्षिय सुवास कार्की, ग २४ प ४४६६ नम्बरको मोसा चालक म्याग्दीको मालिका गापा–१ घर भई हाल पोखरा–३ बस्ने २५ वर्षिय एल्बिन पुन, ग १४ प ८३९९ नम्बरको मोसा चालक पोखरा–६ का २६ वर्षिय सन्जिव दुवाडी र ग ९ प ६०१३ नम्बरको मोसा चालक पोखरा–५ पस्र्याङका २९ वर्षिय अमृत चापागाई रहेको जिल्ला प्रहरीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।
प्रहरीले शहरी तथा ग्रामीण क्षेत्रमा हो–हल्ला गर्दै हिड्ने, ध्वनी प्रदुषण गर्ने, साईलेन्सर पाइपबाट आगोको झिल्का समेत निकाली समाजमा अशान्ति फैलाउने मोटरसाइकल चलाएको देखेमा उक्त मोटरसाइकल नम्बर नेपाल प्रहरीको हटलाइन १००, ट्राफिक प्रहरीको १०३ वा नजिकको प्रहरी कार्यालयमा सूचना दिनको लागि अनुरोध गरेको छ । प्रहरीले सूचना दिने व्यक्तिको गोपनियता काम रहने जनाएको छ ।
