घरायसी काममा महिला नै

Share this post :

Facebook
Twitter
WhatsApp

घर भन्नेवित्तिकै जिम्मेवारी महिलाको काँधमा हुन्छ । महिलाकोविनाको घर, घर जस्तो हुँदैन् । भन्नमा मात्र होइन, यर्थाथमा पनि महिला नभएको घर घर जस्तो हुँदैन् । महिलाले समालेको घर उज्यालो हुन्छ नै ।

नेपालमा घरायसी तथा स्याहारसम्बन्धी काममा महिला र पुरुषबीच ठूलो असमानता रहेको तथ्य सार्वजनिक भएको छ । पोखरामा शनिबार आयोजित ‘केयर वर्क र केयर इकोनोमी’ विषयक कार्यक्रममा प्रस्तुत अध्ययनअनुसार नेपाली महिलाहरूले पुरुषको तुलनामा करिब ६ गुणा बढी समय बेतलबी स्याहार कार्यमा खर्च गर्ने गरेका छन् ।

मानव अधिकार चलचित्र केन्द्र, उन्नती काठमाडौं नेपाल, आइडियाज इन्टरनेशनल तथा क्यानेडियन फण्ड फर लोकल इनिसियटिप्सको संयुक्त आयोजनामा भएको कार्यक्रममा उन्नतीका अध्यक्ष डाक्टर विष्णु खत्रीले नेपालमा महिलाहरूले दैनिक २९ करोड घण्टा स्याहार कार्यमा बिताउने गरेको जानकारी दिए । पुरुषहरूले भने दैनिक करिब ५ करोड घण्टा मात्र यस्तो काममा खर्च गर्ने गरेका छन् । यसले घरधन्दा र स्याहार कार्यको करिब ८५ प्रतिशत बोझ महिलाकै काँधमा रहेको देखाउँछ ।

‘केयर इकोनोमी’ ले बालबालिका, वृद्धवृद्धा, बिरामी तथा अपांगता भएका व्यक्तिको हेरचाहसँगै खाना पकाउने, सरसफाइ गर्ने जस्ता घरायसी कामलाई जनाउँछ । यी कामहरू समाज र अर्थतन्त्रका लागि अत्यावश्यक भए पनि औपचारिक आर्थिक गणनामा समेटिएका छैनन् ।

अध्ययनअनुसार आर्थिक रूपमा सक्रिय नभएका महिलामध्ये ३९.७ प्रतिशतले घरायसी कामकै कारण श्रम बजारमा सहभागी हुन नसकेको बताएका छन् । महिलाको श्रमशक्ति सहभागिता दर २६.५ प्रतिशत मात्र रहनुमा स्याहार कार्यको उच्च बोझ प्रमुख कारण रहेको बताउँछन् आयोजक संस्थाका अध्यक्ष पाण्डव केसी ।

यदि महिलाले गर्ने बेतलबी स्याहार कार्यलाई मौद्रिक मूल्यमा रूपान्तरण गर्ने हो भने यसले नेपालको जीडीपीमा ६ देखि १७ प्रतिशतसम्म योगदान पु¥याउने अनुमान गरिएको छ । कार्यक्रममा सहभागीहरूले महिलाको अदृश्य श्रमलाई राष्ट्रिय तथ्यांकमा समेट्नुपर्ने र पुरुषलाई पनि घरायसी काममा समान रूपमा सहभागी गराउन सामाजिक सचेतना आवश्यक रहेकोमा केसीले जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *