राष्ट्रियसभाको अधिवेशन आजदेखि

Share this post :

Facebook
Twitter
WhatsApp

राष्ट्रियसभाको १९ औँ अधिवेशन आजदेखि सुरू हुने भएकाे छ ।बैठक आज बिहान ११:०० बजे बस्दैछ ।
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले अधिवेशनको तयारीका लागि शुक्रबार नै कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरिसकेका छन् ।

नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद् भवन जेनजी आन्दोलनका क्रममा जलेर ध्वस्त भएकाले संघीय संसद् सचिवालय सिंहदरबारमा अधिवेशन सञ्चालन गर्ने तयारी रहेकाे सचिवालयले जनाएकाे छ ।
अधिवेशनको पहिलो बैठकमा अध्यक्ष दाहालले राष्ट्रपतिबाट अधिवेशन आह्वानको पत्र पढेर सुनाउने र हालै निधन भएका नेपाली कांग्रेसका सांसद बलदेव बोहराप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालले संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को गत पुस २८ गतेको सिफारिसमा यही माघ ४ गते आइतबारका दिन ११ बजे राष्ट्रियसभाको अधिवेशन आह्वान गरेका थिए । गत भदौ ३१ गते राष्ट्रियसभाको १८ औँ अधिवेशन अन्त्य भएको थियो ।
यससँगै, निर्वाचन आयोगले यही माघ ११ गते राष्ट्रियसभाको १९ सदस्यका लागि निर्वाचनको तयारी पनि गरेको छ । आयाेगका अनुसार राष्ट्रियसभा सदस्यमा एक जना निर्विरोध निर्वाचित भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *