आज विश्वभर विश्व सिमसार दिवस । सन् १९७१ फेब्रुअरी २ मा इरानको रामसर सहरमा रामसर सम्झौता भएको सम्झनामा हरेक वर्ष यो दिवस मनाउने गरिन्छ । सिमसार जैविक विविधता संरक्षण, पानीको स्रोत जोगाउने र वातावरणीय सन्तुलन कायम राख्ने महत्वपूर्ण प्राकृतिक सम्पदा हुन् ।
नेपालमा ताल, पोखरी, नदी, दलदल, जलाशय लगायतका सिमसार क्षेत्रहरू प्रशस्त छन् । कोशी टप्पु, घोडाघोडी ताल, जगदीशपुर जलाशय, बीसहजारी ताल जस्ता क्षेत्रहरू अन्तर्राष्ट्रिय महत्वका सिमसारका रूपमा सूचीकृत छन् । यी सिमसार क्षेत्रमा दुर्लभ चराचुरुङ्गी, जलचर, वन्यजन्तु तथा स्थानीय समुदायको जीवनयापन प्रत्यक्ष रूपमा जोडिएको छ ।
तर पछिल्लो समय अव्यवस्थित सहरीकरण, अतिक्रमण, प्रदूषण र जलवायु परिवर्तनका कारण सिमसार क्षेत्रहरू संकटमा परिरहेका छन् । संरक्षणका लागि कानुन र नीति भए पनि प्रभावकारी कार्यान्वयनको अभाव देखिन्छ ।
जैविक विविधता संरक्षण, पानीका स्रोतको दिगोपन र वातावरणीय सन्तुलनमा महत्वपूर्ण भूमिका खेल्ने सिमसार क्षेत्र नेपालमा पछिल्लोसमय बढ्दो दबाबमा परेका छन् । हाल नेपालमा १० वटा सिमसार क्षेत्र रामसर सूचीमा सूचीकृत छन्, जसको कुल क्षेत्रफल करिब ६० हजार हेक्टरभन्दा बढी छ ।
यी सिमसार क्षेत्रमा ५ सयभन्दा बढी प्रजातिका चराचुरुङ्गी, दुर्लभ जलचर तथा वन्यजन्तु आश्रित छन् । तर अतिक्रमण, प्रदूषण, अव्यवस्थित सहरीकरण र जलवायु परिवर्तनका कारण सिमसार क्षेत्र संकुचित हुँदै गएका छन् । सरोकारवालाहरूले कानुन र नीति भए पनि प्रभावकारी कार्यान्वयन कमजोर हुँदा संरक्षण चुनौतीपूर्ण बनेको बताउँछन् ।
विश्व सिमसार दिवसका अवसरमा विभिन्न सरकारी तथा गैरसरकारी संस्थाले संरक्षणसम्बन्धी कार्यक्रम, सचेतनामूलक अभियान र अन्तरक्रिया कार्यक्रमको आयोजना गरेका छन् । विज्ञहरूका अनुसार सिमसार संरक्षण बिना दिगो विकास सम्भव नहुने बताउँदै समुदायको सहभागिता र सरकारी प्रतिबद्धता आवश्यक छ ।
Tap into unlimited earnings—sign up for our affiliate program!