बिपीका सिद्धान्त नेपालका दलहरुको मुलमन्त्र : मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले लोकतन्त्र एवं संसदीय अभ्यासमा विश्वास गर्ने राजनीतिक दलहरुका लागि बिपी कोइरालाका सिद्धान्त र आदर्श मुल मन्त्रका रुपमा स्थापित भएको बताएका छन् ।
नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री, नेपाली कांग्रेसका संस्थापक जननायक बिपी कोइरालाको ४० औं स्मृति दिवस (साउन ६) का सन्दर्भमा वक्तव्य जारी गर्दै उनले राष्ट्रियताको सवालमा बिपीले लिएको राष्ट्रिय मेलमिलाप नीतिको सान्दर्भिकता मुलुकमा अहिले झन् बढ्दै गएको उल्लेख गरेका हुन् ।
उनले भनेका छन्, ‘राणा शासनविरुद्धको आन्दोलनका अगुवा युगनायक विपी कोइराला प्रजातान्त्रिक समाजवादको विश्वव्यापी आन्दोलनमा समेत उत्तिकै छाप छाड्न सफल हुनुभएको छ । मुलुकले अहिले पनि उहाँले देखाएको मार्गलाई नै अनुशरण गर्दै आएको छ ।’
मुलुक र नागरिकको हितका लागि बिपीले थालेका दुरगामी सोचबाटै अहिले मुलुक अगाडि बढेको भन्दै उनले नागरिक समृद्ध र सुखी नहुँदासम्म राष्ट्रियता र प्रजातन्त्र मजबुत नहुने भएकाले राजनीतिको मुल ध्येय जनताको सेवा हो भन्नेमा बिपीको स्पष्ट दृष्टिकोण रहेको उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘बिपीका गतिशील र कालजयी विचारकै कारण आज पनि नेपाली कांग्रेस मुलुकको प्रजातान्त्रिक आन्दोलन, राष्ट्रियता, विकास र स्थायित्वको पर्याय बनेको छ ।’ प्रजातान्त्रिक विचारधाराको विकास र विस्तारमा योगदान गर्न, मुलुकमा संसदीय प्रजातन्त्रलाई संस्थागत गर्न, नेपालको अन्तर्राष्ट्रिय गरिमा वृद्धि तथा सम्बन्ध विस्तार गर्न बिपीले पु¥याएको योगदान अतुलनीय रहेको उनको भनाइ छ ।
‘बिपी कोइरालाले अगाडि सारेको प्रजातान्त्रिक सिद्धान्त र विचारलाई अवलम्बन गरी मुलुकमा राजनीतिक स्थायित्वतर्फ डो¥याएर मुलुकलाई आर्थिक समृद्धिको बाटोमा लैजान सके मात्र उहाँप्रतिको सम्मान हुनेछ भन्ने मलाई लागेको छ,’ उनले भनेका छन् । नेपाली प्रजातान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व, साहित्यमा समेत उत्तिकै दख्खल राख्ने बिपी कोइरालाप्रति मुख्यमन्त्री पोखरेलले हार्दिक श्रद्धान्जली अर्पण गरेका छन् । २ं०१६ जेठ १६ मा प्रथम जननिर्वाचित प्रधानमन्त्रीका रुपमा सपथ खाएका बिपी १८ महिना मात्र उक्त पदमा रहे । विसं १९७१ भदौ २४ मा जन्मेका बिपीको २०३९ साउन ६ गते निधन भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *