पोखरा महानगरपालिका-६ पामे (गैह्राको चौतारा नजिक) स्थित फेवातालमा कार खस्दा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्याङ्जाकाे फेदीखोला गाउँपालिका-५ घर भई हाल पोखरा महानगरपालिका-७ मासबार बस्दै आएका २४ वर्षीय अदित गुरुङ रहेका छन् ।
आज बिहान करिब २:१० बजे B1582 नम्बरको कार अनियन्त्रित हुँदा तालमाथि खसेको <span;>सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण हे. क्वा. कालिकाले जनाएकाे छ ।
कारलाई क्रेनको सहायताले तालबाट बाहिर निकालेर थप अनुसन्धानका लागि वडा प्रहरी कार्यालय बैदाम लगिएको छ। प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान जारी राखेको जनाएको छ।
गणपति सशस्त्र प्रहरी उपरीक्षक बसन्तबहादुरको कमाण्डमा २१ जनाको टोली (DM सहित गोताखोर) घटनास्थल खटिएको थियो ।
गोताखोर टोलीले करिब ३० वर्षका पुरुषलाई अचेत अवस्थामा तालबाट बाहिर निकाली थप उपचारका लागि गण्डकी मेडिकल कलेज (GMC) पठाएको थियो । उपचारकाे क्रममा चिकित्सकले बिहान ४:३४ बजे मृत घोषणा गरेका छन् ।


