प्रदेश

ओखलढुङ्गाकी १९ वर्षीया गर्भवती महिलाको हवाई उद्धार, थप उपचारका लागि काठमाडौं ल्याइयो

ओखलढुङ्गाकी १९ वर्षीया गर्भवती महिलाको हवाई उद्धार गरी थप उपचारका लागि काठमाडौं ल्याइएको छ।

चुमनुब्रीबाट एकैपटक दुई महिलाको हेलिकप्टरमार्फत हवाई उद्धार, एकले जन्माइन् १ केजीको शिशु

ओखलढुङ्गाकी १९ वर्षीया गर्भवती महिलाको हवाई उद्धार गरी थप उपचारका लागि काठमाडौं ल्याइएको छ।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयद्वारा राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत सञ्चालित हवाई उद्धार कार्यक्रममार्फत ती महिलाको उद्धार गरिएको हो।

कार्तिक २६ गते स्वास्थ्यमा समस्या देखिएपछि ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–३ निवासी ती महिलालाई मन्त्रालयको पहलमा हवाईमार्गबाट काठमाडौं ल्याइएको मन्त्रालयले जनाएको छ।

दुर्गम क्षेत्रका जोखिममा रहेका गर्भवती तथा सुत्केरी महिलालाई समयमै स्वास्थ्य उपचारको पहुँच सुनिश्चित गर्ने उद्देश्यले मन्त्रालयले हवाई उद्धार कार्यक्रम सञ्चालन गर्दै आएको छ।

सम्बन्धित समाचार