मकवानपुरको भीमफेदीमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।
आज मंसिर ३ गते बिहान ८ः३० बजे हेटौंडाबाट काठमाडौं जाँदै गरेको ना १ ज २१४३ नम्बरको सुमो त्रिभुवन राजपथबाट राप्ती खोलामा खसेर दुर्घटना भएको हो।ु ।
सुमोमा चालकसहित १० जना सवार रहेकोमा सात जना घाइते भएका छन्। दुर्घटनामा दुई जनाको मृत्यु भएको प्रारम्भिक विवरण प्राप्त भएको छ । घाइते तथा मृतकलाई उद्धार गरी हेटौंडा अस्पताल ल्याइएको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।
भीमफेदीमा सुमो दुर्घटना, दुई जनाको मृत्यु, सात जना घाइते
मकवानपुरको भीमफेदीमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।





