भारतको दुई दिने राजकीय भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई आज बिहान भारतको राष्ट्रपति भवनमा औपचारिक स्वागत गरिएको छ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा नयाँ दिल्ली पुगेका प्रधानमन्त्री शाहलाई मोदीले राष्ट्रपति भवनमा स्वागत गरेका हुन्।
प्रधानमन्त्री शाहको सम्मानमा भारतीय सेनाले ‘गार्ड अफ अनर’ अर्पण गरेको थियो। सो अवसरमा प्रधानमन्त्री शाहले गार्ड अफ अनरको निरीक्षणसमेत गरेका छन्।
प्रधानमन्त्री शाहको भारत भ्रमणलाई नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्ध, आपसी सहकार्य र कूटनीतिक संवादका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ।





