समाचार

प्रधानमन्त्री वालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान

प्रधानमन्त्री वालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री शाह आज दिउँसो १ः४५ बजे नेपाल एयरलाइन्सको नियमित उडानमार्फत नयाँ दिल्ली प्रस्थान गरेका हुन्।…

नेपाल-भारत व्यापारिक बैठकमा भारतीय मन्त्रीको उपस्थिति शून्य

प्रधानमन्त्री वालेन्द्र शाहको भारतको राजकीय भ्रमणका क्रममा नोभेम्बर २२ मा नयाँ दिल्लीमा आयोजना हुने भारत–नेपाल व्यापारिक बैठकमा कुनै पनि भारतीय मन्त्री सहभागी नहुने भएका छन्। नेपालले भारतबाट थप लगानी भित्र्याउने र आर्थिक…

प्रधानमन्त्री शाह आज भारतको राजकीय भ्रमणमा

प्रधानमन्त्री वालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारतको दुईदिने राजकीय भ्रमणका लागि आज दिउँसो नयाँ दिल्ली प्रस्थान गर्दै छन् । शाह प्रधानमन्त्री भइसकेपछि पहिलो पटक छिमेकी मुलुकको राजकीय भ्रमणमा जान…

मलेसिया श्रमिक प्रकरण : पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को उच्च स्रोतकाे जानकारीअनुसार अर्याललाई प्रहरीले नियन्त्रणमा लिएको हो। यद्यपि, उनलाई कहाँबाट र कुन समयमा पक्राउ गरिएको भन्नेबारे सीआईबीले…

सन् २०३० सम्म ७५३ वटै स्थानीय तहमा बाल संरक्षण संयन्त्र स्थापना गर्ने र विद्यालयमा हुने हिंसा ५० प्रतिशत घटाउने नेपालको लक्ष्य

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले फिलिपिन्सको मनिलामा आयोजित बालबालिकाविरुद्ध हुने हिंसा अन्त्यसम्बन्धी दोस्रो विश्व मन्त्रीस्तरीय सम्मेलनलाई सम्बोधन गर्दै नेपालको तर्फबाट सातबुँदे राष्ट्रिय प्रतिबद्धता प्रस्तुत गरेेकी…

मनाेज केसी प्रहरी महानिरीक्षक नियुक्त, दानबहादुर कार्की राष्ट्रिय सुरक्षा सल्लाहकार

सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा मनोज केसीलाई नियुक्त गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेको हो। त्यस्तै, मन्त्रिपरिषद् बैठकले दानबहादुर कार्कीलाई राष्ट्रिय सुरक्षा सल्लाहकार…

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक जग्गा हिनामिनामा पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधवकुमार नेपालसहित कांग्रेस नेता एवं पूर्वमन्त्री डा. मिनेन्द्र रिजालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा पेस गरेको छ ।  उनीहरूविरुद्ध मोरङको रिजाल एन्ड…

तीन करोडको ‘डिल’देखि १८ करोडको कारोबारसम्म : इनम सापकोटाको बयानमा उच्च पदस्थ र व्यापारीको नाम

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग निकट सम्बन्ध रहेको भनिएका झापाका युवा इनम सापकोटाले प्रहरी हिरासतमा दिएको अडियो बयानमा न्यायिक, राजनीतिक तथा व्यावसायिक क्षेत्रका प्रभावशाली व्यक्तिहरूको नाम लिँदै करोडौँ रुपैयाँको आर्थिक कारोबारबारे दाबी गरेका छन्।…

दुग्ध विकास संस्थानमा १२ करोडभन्दा बढी भ्रष्टाचार, तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ

सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) मा आर्थिक अनियमितता गरी संस्थालाई १२ करोड रुपैयाँभन्दा बढी हानि–नोक्सानी पुर्‍याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले…

३१ वर्ष पुरानो रावल आयोगको प्रतिवेदन कार्यान्वयन, काठमाडौंका ७ वडाको ३०२ रोपनी जग्गा सरकारको नाममा

सरकारले तीन दशकभन्दा पुरानो सरकारी तथा सार्वजनिक जग्गा छानबिनसम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्दै काठमाडौं महानगरपालिकाका सातवटा वडामा रहेको ३०२ रोपनी जग्गा नेपाल सरकारको नाममा कायम गरेको छ । सरकारी तथा सार्वजनिक जग्गा छानबिन…

मन्त्रालयको सरुवा निर्णय कार्यान्वयन नगर्ने तीन स्थानीय तहको आर्थिक अधिकार रद्द

सरुवा भएर नयाँ जिम्मेवारीमा जानुपर्ने कर्मचारीले मन्त्रालयको निर्णय अटेर गर्दै पुरानै स्थानीय तहमा कामकाज जारी राखेपछि तीन स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको आर्थिक तथा प्रशासनिक अधिकार रद्द गरिएको छ। भूमि व्यवस्था, सहकारी…

सातै प्रदेशमा वर्षा र हिमपातको सम्भावना, कोशी-मधेश-बागमतीमा भारी वर्षा हुन सक्ने

बङ्गालको खाडीमा विकसित चक्रवात 'अर्नब' को अवशेष र पश्चिमी वायुको आंशिक प्रभावका कारण शनिबार देशका अधिकांश स्थानमा वर्षा हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश र बागमती प्रदेशका एक-दुई स्थानमा…

कृषिमन्त्री गीता चौधरीका ६ महिना : उखु किसानलाई १२ अर्ब भुक्तानी, डीडीसीमा सुधारदेखि गाँजा खेतीको प्रतिवेदनसम्म

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मन्त्रालयको जिम्मेवारी सम्हालेको ६ महिनामा किसानको बक्यौता भुक्तानी, रासायनिक मलको व्यवस्थापन, दुग्ध विकास संस्थान (डीडीसी) सुधार र कृषि नीतिगत परिवर्तनका क्षेत्रमा काम अघि बढाएको मन्त्रालयको प्रतिवेदनमा…

दशकौँपछि नेपालमा गाँजा खेती खुल्ने बाटो : गण्डकीमा कानुन बन्यो, देशव्यापी निर्णय अझै बाँकी

नेपालमा गाँजाको औषधीय तथा औद्योगिक प्रयोगका लागि खेती खुला गर्ने बहस फेरि चर्किएको छ। विगतमा लाइसेन्समार्फत वार्षिक करिब १ लाख अमेरिकी डलर आम्दानी हुने गरेको गाँजासम्बन्धी उद्योग सन् १९७० को दशकमा अन्तर्राष्ट्रिय…

साउदीको किङ फहद विमानस्थलमा आक्रमण, एक जनाको मृत्यु, आठ घाइते

साउदी अरबको दमामस्थित किङ फहद अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार साँझ भएको आक्रमणमा एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्। साउदी नागरिक उड्डयन प्राधिकरणका अनुसार घाइतेमध्ये केहीको अवस्था गम्भीर छ।…

भोटेकोशी बाढीपीडित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत

रसुवाको भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ घरधुरीले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद राहत पाएका छन् । सरकारले विकास साझेदार विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)बाट प्राप्त सहयोग स्थानीय…

खगेन्द्र सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारमाथि सार्वजनिक भएका आरोपबारे आन्तरिक छानबिन गर्ने भएको छ। पार्टीले छानबिन निष्कर्षमा नपुग्दासम्म उनलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन…

तीन दिन वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले असोज २१ देखि २३ गतेसम्म देशका अधिकांश भूभागमा बदली रही विभिन्न स्थानमा मेघगर्जनरचट्याङ्सहित वर्षाको सम्भावना रहेको जनाएको छ । बुधबार लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भूभाग, बागमती,…