समाचार

राजघाटमा प्रधानमन्त्री शाहद्वारा महात्मा गान्धीप्रति श्रद्धाञ्जली

भारतको दुई दिने राजकीय भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले नयाँ दिल्लीस्थित राजघाटमा महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

प्रधानमन्त्री शाहले समाधिस्थलमा पुष्पहार अर्पण गर्दै गान्धीप्रति सम्मान प्रकट गरेका हुन्। सो क्रममा उनले आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै गान्धीको जीवन, आदर्श र अतुलनीय योगदानको उच्च प्रशंसा गरेका छन् ।

उनले सत्य, शान्ति र अहिंसाका शाश्वत मूल्यप्रतिको आफ्नो दृढ प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री शाह दुई दिने राजकीय भ्रमणका लागि भारत पुगेका हुन्। भ्रमणका क्रममा उनले भारतीय समकक्षी मोदीसँग द्विपक्षीय भेटवार्ता तथा विभिन्न औपचारिक कार्यक्रममा सहभागिता जनाउने कार्यक्रम छ ।

सम्बन्धित समाचार