वाइसीएलका नेता सुवास पौडेलको माेटरसाइकल दुर्घटनामा मृत्यु

Share this post :

Facebook
Twitter
WhatsApp

नेकपा माओवादी केन्द्रको भातृ संगठन वाइसीएल नेपालका स्वास्थ्य विभाग प्रमुख सुवास पौडेलको मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएको छ । सिदार्थ राजमार्ग अन्तर्गत स्याङ्जाको फेदीखोला गाउँपालिका–२ स्थित भालुपहाडबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी निरीक्षक पदम थापाले जानकारी दिए । उनका अनुसार शव भीरमा अड्किएको छ ।
‘मोटरसाइकल एकातिर शव एकातिर छ’ उनले भने, ‘मोटरसाइकलका पाट–पाट छिरलिएका छन् । हेल्मेट अन्त्यै छ । सडकबाट शव ७० मिटर तल खसेको छ भने, मोटरसाइकल सेती खोलादेखी १२० मिटर माथि रहेको छ । शव भीरमा नै अड्किएकाले हामीले निकाल्न नसकेपछि पोखराबाट रेस्क्यू टीम बोलाएका छौ ।’ रेस्क्यू टीम भर्खरै घटनास्थल पुगेर डोरी लगाई शव झिक्न लागिएको उनले बताए । ३५ वर्षिय सुवास फेदीखोला–१ सर्केटारीकै बासिन्दा हुन् । शुक्रबार वाइसीएल जिल्ला कमिटि स्याङ्जाको वैठक सकेर पोखरा फकिने बेला मोटरसाइकल चिप्लिएर भालुपहाडको भीरबाट खसेको प्रहरीले जनाएको छ ।
शुक्रबारदेखी नै पौडेल सम्पर्कमा नआएपछि उनका घरपरिवारले प्रहरीमा खोजतलासको लागि शनिवार निवेदन दिएका थिए । प्रहरीले खोजतलास गर्दा भालुपहाडस्थित मृत्त भेटिएको बताएको हो । प्रहरीका अनुसार पौडेलको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल लैजाने तयारी छ । पौडेल अखिल क्रान्तिकारी हुदैँ वाइसीएल र पार्टीको राजनीतिमा सक्रिय छन् । अहिले उनी फेदीखोला गाउँपालिको नेकपा माओवादीको सचिव हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *