समाचार

दानबहादुर कार्कीको पक्षमा अन्तरिम आदेश जारी गर्न सर्वोच्चद्वारा अस्वीकार

सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको पक्षमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।

दानबहादुर कार्कीको पक्षमा अन्तरिम आदेश जारी गर्न सर्वोच्चद्वारा अस्वीकार

सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको पक्षमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।

दानबहादुर कार्कीले नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेतलाई विपक्षी बनाई दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतको संयुक्त इजलासले तत्काल अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था नरहेको ठहर गरेको हो।

माननीय न्यायाधीश नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासले निवेदकको मागबमोजिम अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था नदेखिएको उल्लेख गरेको छ।

अदालतको आदेशमा प्रहरी संगठनको नेतृत्व र नियन्त्रण प्रणाली (Chain of Command) देशको शान्ति सुरक्षासँग प्रत्यक्ष सम्बन्धित सार्वजनिक महत्वको संवेदनशील विषय भएको उल्लेख छ। रिट निवेदनमा उठाइएका कानुनी प्रश्नहरूको निरुपण अन्तिम सुनुवाइका क्रममा हुने प्रकृतिको देखिएकाले अहिले नै अन्तरिम आदेश जारी गर्न आवश्यक नरहेको अदालतको ठहर छ।

त्यस्तै, उक्त मुद्दालाई छिटो सुनुवाइ गरी निर्णयमा पुग्नुपर्ने आवश्यकता औँल्याउँदै विपक्षीहरूबाट लिखित जवाफ प्राप्त भएपछि वा जवाफ पेस गर्ने अवधि समाप्त भएपछि सात दिनभित्रै पेसीमा चढाउन आदेश दिएको छ।

यससँगै दानबहादुर कार्कीले माग गरेको अन्तरिम आदेश तत्कालका लागि अस्वीकृत भएको छ। अदालतले भने रिट निवेदनको अन्तिम सुनुवाइबाट निरुपण हुने कानुनी प्रश्नहरू खुला राखेको छ।

सम्बन्धित समाचार