वडा सिमाना हेरफेर गर्न संघलाई प्रदेशको सिफारिस

Share this post :

Facebook
Twitter
WhatsApp

गण्डकी प्रदेश सरकारले मनाङ् जिल्लाको केही वडाको सिमाना हेरफेरको लागि संघीय सरकारलाई सिफारिस गरेको छ । सोमबार (फागुन–१६) बसेको मन्त्रि परिषद्को वैठकले सिमाना हेरफेरका उक्त निर्णय गरेको जनाएको छ । मनाङको नासो गाउ“पालिका अन्तर्गत ८ र ९ नम्बर वडाका सिमाना हेरफेर गर्न संघलाई सिफारिस गरिएको सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिए ।
भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्थामन्त्री समेत रहेका खड्काले साबिक ताक्षे नगरछाप गाउँ विकास समितिका वडा नम्बर १, २, ३ र ४ मिलाएर बनेको हालको ८ र साबिकको ६, ७, ८ र ९ मिलाएर ९ कायम भएको बताउदै ८ र ९ नम्बर वडाको सिमानामा त्रुटि भएकाले संशोधन गर्न संघ सरकारलाई सिफारिस गरिएको बताए । २०७८ माघ १९ मा बसेको नासो गाउँपालिकाको गाउँसभा र पालिकाको निर्णयले गण्डकी प्रदेश सरकारलाई वडाको सिमाना हेरफेर गर्न सिफारिस गरेको थियो ।
गाउ“पालिकाकै निर्णय अनुसार सिफारिस गरिएको प्रवक्ता खड्का बताउँछन् । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ५, दफा ६ र ७ मा स्थानीय तहको सीमाना हेरफेर सम्बन्धी व्यवस्था गरेको छ । सोही ऐनको दफा ५ मा वडाको साँध, सिमाना र केन्द्र सम्बन्धी व्यवस्था गरिएको छ, भने दफा ६ मा वडाको साँध र सिमाना हेरफेर गर्न सक्ने व्यवस्था गरेको छ । यस्तै, दफा ७ मा गापा वा नपा एक–आपसमा गाभिन सक्ने सम्बन्धी पनि व्यवस्था रहेको छ । गण्डकी प्रदेश सरकारको यसभन्दा अघि बसेको मन्त्रिपरिषद्को वैठकले पनि नवलपुरको हुप्सेकोट गाउँपालिकाका २ र ४ नम्बर वडा टुक्राउन संघीय सरकारसँग सिफारिस गरेको थियो ।
गाउँपालिकाले २०७७ माघ १९ मा गण्डकी प्रदेश सरकारलाई भौगोलिक, जनसंख्या र राजस्वको आधारमा २ र ४ नम्बर वडालाई टुक्याएर ७ र ८ बनाउन सिफारिस गरेको थियो । त्यसको १ वर्षपछि गण्डकी मन्त्रिपरिषदको २०७८ माघ २४ मा बसेको बैठकले वडा टुक्राउन संघमा सिफारिस गरेको खड्काले बताए । ‘गाउँपालिकाले वडा टुक्राउन माग गरे पनि प्रदेशबाट अध्ययन, अनुगमन, अवलोकन र स्थानीय जनताको गुनासोलाई मध्येजनर गरेर संघ सरकारलाई सिफारिस गरेका थियौ’ उनले भने, ‘ हुप्सेकोट गाउँपालिकामा ६ वटा वडा छन् । प्रदेश सरकारले २ र ४ वडा टुक्र्याएर ७ र ८ नम्बर वडा बनाउन सिफारिस गरेको हो ।’ साविक हुप्सेकोट देउराली र धौवादी गाविस मिलाएर हुप्सेकोट गापा बनेको हो । साविक देउराली गाविसकै कार्यालयमा गापाको कार्यालय छ । साविक देउराली गाविसको ६ र ७ धौवादीको ७ मिलाएर हुप्सेकोट गापाको वडा नम्बर ४ बनेको बताउदै प्रवक्ता खड्काले साविकको देउराली गाविसको १, २ र ९ मिलाएर २ नम्बर वडा बनेको बताए । ‘तत्कालीन धौवादी ७ र तत्कालीन साविक देउराली १ र २ लाई अपाई प¥यो’ उनले भने ।
स्थानीय तहको निर्वाचन नजिकिदै छ । सरकारले आगामी वैशाखको ३० मा स्थानीय तहको निर्वाचन गर्न मिति तोकेको छ । स्थानीय तहको निर्वाचन हुनुभन्दा एक वर्षअघि वडा टुक्राउनु या संमायोजन गर्नुपर्ने कानुनी व्यवस्था छ । तर, स्थानीय तहका पदाधिकारीको कार्यकाल सकिन अव धेरै समय छैन् । समय नहुदाँ नहुदै पनि प्रदेश सरकारले संघीय सरकारलाई वडा टुक्राउन सिफारिस गरेको छ । गण्डकीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निर्वाचनअघि सिमाना हेरफेर हुन समस्या रहेको बतायो । स्रोतका अनुसार सिमाना हेरफेर नहुनेमा पक्का छ । सिमाना हेरफेर र वडा टुक्राउने कार्य स्थानीय तहको निर्वाचनपछि मात्र हुने स्रोतले जनाएको छ । जनप्रतिनिधि निर्वाचित भएको ६ महिनाभित्र यी काम गर्नुपर्ने हुन्छ । ६ महिनाभित्र सिफारिस गर्दा कार्यपालिकाको बहुमत भए पुग्थ्यो । त्यसपछि दुई तिहाई आवश्यक पर्ने बताइएको छ । मन्त्रालयका अनुसार वडा टुक्राउने निर्णय गर्न संघीय सरकारले पनि निर्णय गरी राजपत्रमा प्रकाशन गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *