नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा माओवादीले कसेको वैशाखी नटेकी आफ्नै बलमा चुनाव लड्ने बताएका छन् । आइतबार पोखरामा पत्रकारसँग भेटघाट गर्दै दाहालले माओवादी केन्द्र परिवर्तनको वाहक भएकाले माओवादी अन्य दलसँग नभई अन्य दल माओवादीसँग चुनावी तालमेल गर्न आउने बताए ।
दाहालले जनतामा माओावदीप्रतिको उत्साह थपिदै गएकाले अझै एकपटक माओवादीलाई भोट दिनुपर्छ भन्ने भावना फैलिएकाले आगामी निर्वाचनमा माओवादी पहिलो पार्टी हुने बताए । ‘संविधान, देश, लोकतन्त्र र शान्ति प्रकृयाको संरक्षण गर्ने माओवादीले नै हो भन्ने चेतना जनतामा छ’ उनले भने, ‘देशलाई ठूला ठूला राजनीतिक दुर्घटना हुनबाट माओवादीले जोगाएको छ । पीडीत, महिला, मधेसी, दलीत, अल्पसंख्यकलाई संरक्षण गर्ने माओवादी नै लोकतन्त्र र शान्ति प्रकृयाको संभार हो ।’ देश निर्वाचनमा गइसकेकाले निर्वाचन सफल बनाउन सवैजना आ–आफ्नो ठाउ“बाट सरिग हुनु पनि उनले अनुरोध गरेका छन् ।
उनी निर्वाचन केन्द्रीत प्रशिक्षणको लागि पोखरा आएका हुन् । आठौ महाधिवेशन र केही दिनअघि बसेको पार्टी केन्द्रको वैठक सार्वजानिक गरिने उनले बताए । ‘निर्वाचनमा कसरी जाने भन्ने चासोको कुरा छ’ उनले भने, ‘दुविधा नगरि बस्नुस । हामी गठबन्धन होला र चुनाव जितौला भनेर होइन आफ्नै खुट्टामा उभिने गरि तयारी गर्नुस । संघीय शासन प्रणलीको रक्षाको निम्ति पनि आफ्ना संगठन बलियो बनाउनुपर्छ ।’ विगतमा दिनमा अलोकतान्त्रिक तरिकाले संसद विघटन गर्ने कार्य भएको बताउदै उनले स्थानीय सरकार बनाउनेमा माओवादी केन्द्रको ठूलो भुमिका रहेको बताएका छन् । सिंहदरबार गाउँगाउँमा पुयाउने तरिकारले नै स्थानीय तहको अवधारण ल्याएको उनको भनाई छ । उनका अनुसार राजनीतिकरुपमा मात्र होइन विकासको अवधारणले पनि स्थानीय तह बनाएका हौ । ‘समाजावद उन्मुख राज्य बनाउने जग पनि स्थानीय सरकार नै हो’ उनले भने, ‘माओवादीको मुख्य भुमिका भएका नाताले संरक्षणमा पनि माओवादीकै भुमिका रहनेछ ।’
गतवर्ष फरक प्रवृति र दुई विचारसँग लडाई गर्दै निर्वाचनमा होमिएको उनको तर्क थियो । अहिले पनि एउटा धारण संघीय लोकतन्त्र गणतन्त्रलाई स्वीकार गर्न नओजेको बताए । दुई÷दुईपटक सदन विघटन गर्नु भनेको संविधान विघटन गर्न खोजिएको उनले प्रष्टाए । संसद विघटनपछि संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षा गर्ने उदेश्यले नै गठबन्धन गरिएको बताउदै उनले आगामी निर्वाचनमा पनि गठबन्धन नै कायम रहने बताए । पार्टीभित्र विभिन्न सोच, विचार भए पनि मुल नेतृत्व गठबन्धनमै जानेमा प्रष्ट रहेको उनले जनाए । एमसीसीतर्फ फर्किदै उनले २०१९ मा तत्कालीन परराष्ट्रमन्त्री अमेरिका गएर आएपछि २÷३ वटा विवादास्पद मुद्दा बाहिर आएको बताउदै भने, ‘आइपीयस र एमसीसी पनि एक हुन् । तत्कालीन नेकपाको वैठक बसेर यसविषयमा प्रतिकार गर्यौ । मेरो नेतृत्वमा वैठक बसेकाले सफल भयो । त्यसपछि ओलीजीले गुटबन्दी सुरु गर्दै संसद विघटनसम्म पुग्नुभयो । हामीले एससीसी पारित नगर्ने पक्षमा थियौ । कांग्रेस प्रतिगमनस“ग मिलेर जाने जस्तो देखियो । मुलुकलाई राजनीतिक दुर्घटनाबाट बचाउन र भइरहेको गठबन्धनलाई टिकाउन अन्तर्राष्ट्रिय कानुनका विज्ञसँगको सल्लाहमा व्याख्यात्मक टिप्पणीसहित पारित गरियो ।’ उनले सार्वभौमसत्ताको विषयमा यदी तोडमोड भए विरोध गर्ने र खारेज गर्ने ठाउ“ रहेको प्रष्टाएका थिए । यसलाई भेना सन्धीले पनि मान्यता दिएको र अमेरिकाले पनि स्वीकारेको उनले बताए ।
