पोखरा काठमाडौंको बसभाडा वृद्धि

Share this post :

Facebook
Twitter
WhatsApp

पोखरादेखि काठमाडौं जाने र काठमाडौंबाट पोखरा आउने बसभाडा बढेको छ । सरकारले सार्वजनिक गाडीको भाडा १५ प्रतिशतसम्म बढाएसंगै काठमाडौं पोखराको भाडा ५९१ रुपैयाँ पुगेको हो । काठमाडौं पोखराका लागि यसअघि ५३७ रुपैयाँ भाडा रहेको थियो ।
यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको चैत १७ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार यात्रुवाहक गाडीको भाडा १० प्रतिशतसम्म बढाइएको थियो ।
यस्तै, मालवाहक गाडीको भाडा १५ प्रतिशतसम्म बढेको छ । पहाडमा मालवाहक गाडीका लागि १३ र तराईमा १५ प्रतिशतका दरले भाडा बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ ।
इन्धनको मूल्य बढेको भन्दै यातायात व्यवसायीले दबाब दिएपछि सरकारले सार्वजनिक यातायातको भाडा बढाएको हो । एक प्रदेशबाट अर्को प्रदेशका लागि चल्ने मालवाहक तथा यात्रुवाहक यातायातमा मात्रै भाडा बढेको विभागले जनाएको छ । अब इन्धनको मूल्य पाँच प्रतिशतभन्दा धेरैले घटबढ भएमा त्योअनुसार स्वचालित प्रणालीबाट मूल्य समायोजन गर्ने निर्णय पनि भएको छ ।
असारयता डिजलको मूल्य ३४ प्रतिशत बढेको आधारमा अहिले नयाँ भाडा दर तय भएको विभागले जनाएको छ । विभागले स्वचालित भाडा प्रणाली लागू गर्न १३ वटा सूचकलाई आधार बनाएको छ । ती सूचकमध्ये पेट्रोलियम पदार्थको मूल्य हिस्सा ३५ प्रतिशत रहन्छ ।
भाडादर सूची अनुसार काठमाडौंबाट पोखरा हुँदै बागलुङ पुग्ने यात्रुले ८०७, पोखरा(काठमाडौं(वालिङ हुँदै भैरहवा पुग्नेले १२ सय १० रुपैयाँ तिर्नुपर्ने भएको छ ।
यसैगरी, नेपालगञ्जबाट पोखरा आउने यात्रुले १२ सय ३९, पोखराबाट कृष्णनगर जाने यात्रुले ७८८, गौर जानेले ८४७, जनकपुर ९७५, धरान १३ सय ८७, नारायणगढ ३६९, वीरगञ्जबाट पोखरा आउन ६९९, पोखरा(नारायणगढ हुँदै भैरहवा ७३२ रुपैयाँ बस भाडा तिर्नुपर्ने भएको छ ।
यस्तै, पोखरा(नारायणगढ हुँदै महेन्द्रनगरका लागि १९ सय १३, सुर्खेत १५ सय ८१, धनगढी १७ सय ६९, सुनौली ६२३, मलंगवा ८६२, दाङको तुलसीपुर ९९६, बुटवल ५५२, पोखरा(स्याङ्जा नेपालगञ्ज हुँदै कोठियाघाटका लागि १४ सय ५, पोखरा(स्याङ्जा(भैरहवा हुँदै लुम्विनीका लागि ६८३ रुपैयाँ भाडादर तय भएको छ ।
यसैगरी काँकडभित्ताबाट पोखरा आउन १४ सय ९७ रुपैयाँ, धनगढीबाट पोखरा १६ सय ५४ रुपैयाँ, नेपालगञ्जबाट मुग्लिन हुँदै पोखरा आउन १३ सय ६५ रुपैयाँ बस भाडा लाग्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *