निर्वाचन आयोगले राजनीतिक दल तथा स्थानीय तहका उम्मेदवारलाई मतदाता नामावली विवरण सशुल्क उपलब्ध गराउने भएको छ । निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले शुल्क बुझाएर राजनीतिक दलले मतदाता नामावली विवरण आयोगबाट लिन पाउने व्यवस्था गरिएको जनाए ।
आयोगले देशभर‚ प्रदेश‚ जिल्ला‚ पालिका र वडा स्तरमा लाग्ने मतदाता नामावलीको शुल्क क्रमशः ७ हजार‚ ५ हजार‚ ३ हजार‚ १ हजार र ५ सय रुपैयाँ निर्धारण गरेको हो ।
निर्वाचन निर्देशिका २०७८ ले व्यवस्था गरेअनुसार नै मतदाता नामावली उपलब्ध गराउनेबारे व्यवस्था भएको उनले बताए । केन्द्रबाट राजनीतिक दलको आधिकारिक पत्रको आधारमा ७ हजार तिरेर देशभरिको र ५ हजार तिरेर प्रदेशको उपलब्ध गराउन सकिन्छ भने जिल्लाबाट सम्बन्धित दलको पत्र वा उम्मेदवारको पत्रकार आधारमा जिल्लाभरिको ३ हजार पालिकाको १ हजार र वडाको आवश्यक भएमा ५ रुपैयाँ लिएर सम्बन्धित जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावलीको विद्युतीय कपी उपलब्ध गराउन सक्छ ।
