भरतपुरमा करिव नाै सय मत गन्न बाँकी, मेयरमा दाहाल अघि

Share this post :

Facebook
Twitter
WhatsApp

भरतपुर महानगरपालिकामा अब नाै सय मत गन्न बाँकी रहेकाे बताईएकाे छ । १० बजेभित्र अन्तिम मत परिणाम आउने सम्भावना रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मंगलबार विहानसम्म १ लाख २६ हजार ९ सय २७ मत गणना भएकाे छ । १ लाख २७ हजार ८ सय ३९ मत खसेकाे भरतपुरमा २९ वडा रहेका छन् ।

अहिलेसम्म मेयर पदमा माओवादी केन्द्रकी रेनु दाहालको ५१ हजार ६ सय ६६ र एमालेका विजय सुवेदीको ३९ हजार ३ सय ४३ मत आएको छ । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको १४ हजार ७ सय ४१ मत आएको छ ।

उपमेयरमा सत्तारूढ गठबन्धनका कांग्रेस उम्मेदवार चित्रसेन अधिकारीको ५२ हजार ४ सय २१ र एमालेले समर्थन गरेको राप्रापाकी हिमला गुरूङको ३० हजार ४ सय ७७ मत आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *