सुरक्षा गार्ड नभएको मौका पारी पोखरा महानगरपालिका–१७ विरौटमा रहेको एनआईएसिया बै“कको एटीएम मेशिन फोरियो । सूचनाको आधारमा कास्की प्रहरीले मेसिन फोर्ने क्रममा २३ वर्षिय कृष्णबहादुर विक पक्राउ गर्यो । पर्वतको कुश्मा नगरपालिका–३ का विकलाई प्रहरीले आइतबार कास्की जिल्ला अदालतमा चोरी उद्योग कसूर शिर्षकमा मुद्दा दर्ता गरि ७ दिनको म्याद थप गरेको छ ।
सेवाग्राहीलाई मध्येनजर गर्दै छिटो र छरितो सेवा दिन राखिएका एटीएम मेसिन पछिल्लोसमय असुरक्षित बन्दै गएका छन् । प्रहरीको अनुसन्धानले पनि एटीएम मेसिन जोखिममा रहेको बताएको छ । कास्की जिल्ला प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले वदला लिने भावले बढी एटीएम मेशिन फोर्ने गरिएको बताए । विक यसभन्दा अघि पनि माछापुच्छे बैंकको एटीएम मेशिन फोर्दै गरेको अवस्थामा पक्राउ परेका थिए । तिवारीका अनुसार चोरी उद्योग मुद्दामा कास्की जिल्ला अदालतले एक लाख रुपैया“ धरौटी माग गरेको थियो । उक्त धरौटी तिर्न नसक्दा पुर्पक्षको लागि थुनामा गएका विक पछि अदालतबाट मुद्दा फैसला हुदाँ तोकिएको कैद भुक्तानी गरि छुटेको अभिलेखबाट देखिएको छ ।
यस्तै, साउन ३ मा पोखरा महानगर–२६ लेखनाथमा रहेको एनएमबी बैंकको एटीएम मेसिन पनि फोरिएको अवस्थामा भेटिएको थियो । एटीएम मेसिनमा नगद राख्ने २ थान क्यासकेटबस्कसहित चोरी भएको सूचना प्राप्त गरेपछि प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ । ‘कसले फोर्यो भन्ने अहिलेसम्म पत्ता लागेको छैन’ उनले भने । त्यस्तै पोखरा–१७ तालचोमा रहेको एनआइसी एसिया बैंकको पनि साउन ३ मा नै रातीको समय मेशिन फोरिएको थियो । तत्काल प्रहरी परिचालन गर्दासमेत अभियुक्त भेटिएनन् । प्रहरीले मोटरसाइकल मात्रै लिन सफल भयो । अधिकांश एटीएम मेशिन सुरक्षा गार्ड नभएको मौका पारी फोरिने गरेको प्रहरीले जनाएको छ । असार ३१ मा पोखरा–८ न्यूरोडमा रहेको एनआईसी एशिया बैंकको मेशिन फुटालियो । प्रहरीले चोरीको आरोपमा पोखरा–९ पृथ्वीचोक बस्ने १९ वर्षिय नरेश पुन मगरलाई पक्राउ गर्यो । असार ३२ मा जिल्ला अदालतमा चोरी उद्योगमा मुद्दा चलाएर ५ दिनको म्याद थप गरिएको प्रहरीले जनायो ।
यी केही उदाहरण मात्रै हुन् । वैशाख ४ र २९ मा पस्र्याङ र पृथ्वीचोकमा रहेका माछापुच्छ«े वैंकका एटीएमबाट रकम झिक्ने उदेश्यले मेशिन फुटाइएको थियो । प्रहरीले सोही समयमै दीपक श्रेष्ठ भन्ने बेलेलाई पक्राउ गर्यो । प्रहरीले उनलाई अभद्र व्यवहारमा मुद्दा चलाएको थियो । अहिले बेले लागूऔषध मुद्दामा पक्राउ परेका छन् । जिल्ला प्रहरीको तथ्यांक अनुसार पछिल्लो आठ महिनामा विभिन्न वैंकमा ८ वटा एटीएम मेशिन फुटालिएका छन् । वैशाख ८ मा पोखरा–१७ मा रहेको माछापुच्छ«े वैंकको एटीएम मेशिन फोरियो । प्रहरीले पोखरा–७ बस्ने ३३ वर्षिय कृष्णबहादुर विक, पोखरा–१४ वस्ने ४५ वर्षिय ध्वज अप्तरे मगरलाई पक्राउ गरेको थियो । प्रहरीले दुवै जनालाई चोरी उद्योगमा मुद्दा चलाएको थियो । ‘माछापुच्छे« वैंकका एटीएम बढी फोरिएका छन्’ डीएसपी तिवारी भन्छन, ‘सवै मेशिन रातको समय सुरक्षा गार्ड नभएको मौका पारेर मात्र फोरिएका छन् ।’ गरिबीले भन्दा पनि बदला लिने र आर्थिक लाभ हुने हिसावले मेशिन फोर्ने गरेको अनुसन्धानबाट खुल्न आएको उनले बताए । पोखरा महानगरको कार्यालयअघि रहेको एनआइसी एसिया बैंको एटीएम मेशिन पनि गत पुष ३० मा गार्ड नभएको मौका पारी फुटालिएको थियो । हुलियाको आधारमा प्रहरीले माघ १ गते आरोपीतलाई पक्राउ गरेको थियो ।
