पोखरावाट जोमसोम उडेको समिट एयर पुनः पोखरा नै फर्किएको छ । आइतबार विहान ७ बजेट ५९ मिनेटमा उडेको हवाई ८ बजेर ६ मिनेट जादाँ पोखरा विमानस्थलमा नै अवतरण गरेको पोखरा नागरिक उड्ययन कार्यालयका सूचना अधिकारी देवराज सुवेदीले जानकारी दिए ।
हवाईको इन्डिकेटरमा समस्या देखिएको उनले बताए । उनका अनुसार पाइलटले समस्या आएपछि उडान गर्न नसकिने र फर्किन पोखराको कन्ट्रोल टावरलाई जानकारी गराएका थिए । सूचना अधिकारी सुवेदीले हवाई पोखरा भ्यालीमै रहेकाले सामान्य रुपमा ल्यान्ड गरेको बताए । पोखराबाट मुस्ताङको लागि उडेको उक्त विमानमा १८ जना यात्रु रहेका थिए ।
Post Views: 19