राजु थापा– स्याङ्जा राजनीतिबाट उदाएका युवा नेता

Share this post :

Facebook
Twitter
WhatsApp

स्याङ्जा राजनीतिको एक चिर परिचित पात्र हुन् संविधानसभा सदस्य राजु थापा । नेपाली राजनीतिमा पछिल्लोसमय नयाँ पुस्ता उदाउँदै गर्दा उनी स्याङ्जाबाट उदाउन सफल भए । नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघबाट राजनीति यात्रा थालेका उनी व्यवसायी यात्रा तय गर्दै मूल राजनीतिमा उदाएका थिए ।
कम्युनिष्टको किल्ला मानिने स्याङ्जा क्षेत्र नम्बर १ मा २०७० को चुनावी नजिता हात पार्दै उनी जिल्लाको रानजीतिमा एकाएक चर्चामा आए । त्यसपछि उनले जनताको मायालाई आत्मसाथ गर्दै अघि बढे । हालै पनि उनी जिल्लामा आफ्नो छुट्टै पहिचान बनाउन सफल नेताको रुपमा चिनिन्छन् । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको लागि स्याङ्जामा रोनक छाएको छ । थापा पनि प्रतिनिधिसभाका लागि क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका छन् । सत्तारुढ (पाँच दलिय गठबन्धन) दलको तर्फवाट उनी साझा उम्मेदवार हुन् ।
२०७० को निर्वाचन क्षेत्रमा निर्वाचित थापा २०७४ को निर्वाचनमा पराजित बनेका थिए । अहिले उनी तेस्रो पटक चुनावी मैदानमा छन् । अघिल्ला दुई वटा निर्वाचनमा प्रतिस्पर्धा गरेका एमालेका नारायणप्रसाद मरासिनी यसपटक पनि प्रतिस्पर्धी बनेका छन् । पार्टीले पत्याइएका र कार्यकर्ताबाट रुचाइएका राजु थापा स्याङ्जा काँग्रेसका जिल्ला सभापति पनि हुन् ।
पारिवारीक र राजनीतिक अवस्था
२०३३ कार्तिक ९ गते पुतलीबजार नगरपालिका–४ रामकोशमा जन्मिएका राजु थापाका बुवा फत्तबहादुर र आमा डिलकुमारी हुन् । सामान्य परिवारमा जन्मिएका राजुका श्रीमति (हेमकुमारी) दुई छोरी र एक छोरा छन् । प्रत्यक्ष निर्वाचन प्रणलीबाट स्याङ्जा १ मा उम्मेदवारी दिएका थापा राजनीतिमा आउनुपूर्व व्यवसायी हुन् । उनको शैक्षिक योग्यता भने प्लस टु उर्तीण हो । २०४८ सालबाट विद्यार्थी राजनीति सुरु गरेका उनी २०७० मा तरुण दलको केन्द्रिय विभाग सदस्य हुदै २०६४ मा पार्टीको १२ औँ महाधिवेशनमा स्याङ्जाबाट महाधिवेशन प्रतिनिधि चुनिएका थिए । उनको पहिलो संसदिय यात्रा २०७० मा हो ।
निर्वाचनको जित र हार दुवै अनुभव प्राप्त गरे– थापा
यतिबेला निर्वाचनले छोएको छ । उम्मेदवारब नेका थापा प्रचारप्रसारमा व्यस्त छन् । एक पटक जित र एक पटक हारको राम्रोस“ग अनुभव बटुलेका थापा पुनः तेस्रो पटक चुनावी मैदानमा उत्रिरहदाँ जनताका प्रमुख समस्या नै उनका मुद्दा बनेका छन् ।
‘मसँग चुनाव जित्दा र हार्दाको मिठो अनुभव छ’ उनी भन्छन, ‘निर्वाचन जित्दा मात्र होइन हार्दा पनि जनताकै घर दैलोमा छु । जनतासँगै दुखसुखमा होमिएको छु ।’ २०७४ मा निर्वाचन हारेपछि युवा नेताको रुपमा पहिचान बनाएका थापालाई मतदाताले नजिकैवाट नियाल्ने अवसर पाएका छन् । ५ वर्ष संसदीय पाइला बन्द भएपछि उनी जनतासँगै उठबस गरे । जसका कारण पनि मतदाताले उनलाई नजिकबाट नियाल्ने अवसर पाएका हुन् । मतदाताको मन जित्न सफल मानिने थापा अवको निर्वाचनमा पनि आफ्नै पोल्टामा नजिता ल्याउने दाउमा छन् ।
विद्यार्थी राजनीतिबाट अगाडि बढेको भए पनि २०७० सालअघि उनी पार्टीको कुनै जिम्मेवारी पदमा थिएनन् । एमालेको लाल किल्ला भनिने निर्वाचन क्षेत्र नम्बर १ मा काँग्रेसबाट २०७० मा प्रतिनिधिसभामा निर्वाचित भएपछि एकाएक चर्चामा आएका हुन् । त्यसबेला स्याङ्जामा तीन निर्वाचन क्षेत्र थिए । हाल निर्वाचन क्षेत्र जम्मा २ वटा छन् । तत्कालीन स्याङ्जा १ मा काँग्रेसबाट उम्मेदवारी बने पनि नजिता कहिल्यै हात पार्न नसक्ने भएपछि उनले टिकट पाएका थिए । त्यसबेला पहिलोपटक काँग्रेस चुनाव जित्न सफल भएको थियो ।
जसको जस थापाले पाए । युवालाई रोजगारी बनाउन आफूले व्यवसायीक यात्रा तय गराउन सफल भएको दावी उनमा छ । ‘युवापुस्ता आफै आत्मर्निभर हुनुपर्छ भनेर व्यवसायसँग जोड्ने गरेको छु’ उनले थपे । उनको चुनावी एजेण्डा पनि कृषि क्रान्ति नै हो । युवा र महिलालाई लक्षित गर्दै उनले चुनावी मैदानमा होमिएका छन् । अर्थतन्त्रबाट नै युवालाई अगाडि बढाउन सकिने लक्ष्य उनको छ ।
भन्छन, ‘पढेर मात्र केही हुदैन । रोजगारी गर्न सक्ने शिक्षा चाहिन्छ । अव महिलालाई पनि आर्थिकस“ग अगाडि बढाउनुपर्छ । आर्थिक सँगसँगै महिला हुन् या युवा सवैलाई राजनीतिमा पनि अगाडि बढाउन जरुरी छ ।’ संघिय व्यवस्था प्रणली कार्यान्वयनमा आइरहदा जनताको अवस्था अझै नफेरिएकाले जनताको अवस्था फेर्न नै उनी पुनः एक पटक उम्मेदवार बनेको बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *