गण्डकी प्रदेशभरी ३ सय १६ वटा मतदानस्थल अति संवेदनशील रहेका छन् । प्रदेशस्तरीय सुरक्षा समितिले प्रदेशका ११ जिल्लाका १ हजार २ सय ८३ मतदानस्थल मध्ये ३ सय १६ अति संवेदनशीलको सूचीमा राखेको छ । प्रदेश प्रहरी कार्यालयले दिएको सूचना अनुसार विकट भूगोल, दलहरुको आपसी द्धन्द्ध, निर्वाचन विरोधी गतिविधी, विगतमा भएका जोखिम र घटनाको आधारलाई हेरेर अत्ति संवेदशनील मानिएको हो ।
५ सय ६३ संवेदनशील र ४ सय ४ मतदानस्थल सामान्य रहेका छन् । प्रदेश प्रहरी कार्यालयका अनुसार गण्डकी प्रदेशभरी २ हजार ३ सय ३८ मतदान केन्द्र रहेका छन् । प्रहरीले सवै पालिकामा मोवाइल टोली खटाइएको जानकारी दियो । प्रहरीले आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा खासै विरोधी गतिविधि भने नदेखिएको बतायो ।
Post Views: 21