गोरखा–२ मा माओवादी केन्द्रका अध्यक्ष दाहाल विजयी

Share this post :

Facebook
Twitter
WhatsApp

गोरखा निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल विजयी भएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहाल भारी मतान्तरले विहीवार विहान विजयी घोषित भएका हुन् । उनले २६ हजार १ सय ३ मत ल्याएका छन् ।
उनका निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटीले १२ हजार ६ सय ३७ मत ल्याएर पराजित बने । नेकपा एमालेका अब्दुस मिँयाले भने ७ हजार ३ सय ९३ मत प्राप्त गरेका छन् । गोरखा–२ मा ५४ हजार ३१ मत खसेको थियो । त्यसमध्ये ५० हजार ९ सय ७ सदर र ३ हजार १ सय २४ बदर भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *