आइतबार समपन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना विहीवार पनि हुन सकेको छैन् । यस क्षेत्रका विभिन्न ५ वटा मतदानस्थलमा बुत कव्जा गरी नेपाली काँग्रेसले अनाधिकृतरुपमा मतदान गरेको भन्दै नेकपा एमालेले पुन मतदानको माग राखेपछि मतगणना हुन नसकेको हो ।
स्याङ्जा–२ प्रतिनिधिसभा सदस्यमा काँग्रेसका उपसभापति धनराज गुरुङ र एमालेकी सचिव पद्मा अर्याल चुनावी मैदानमा छन् । हार्ने मानसिकताले सत्ता र शक्तिको दुरुपयोग गर्दै मृत्यु भएका र विदेश गएकाको नाममा समेत मतदान गरिएको आरोप एमालेको छ ।
एमालेले निर्वाचन अधिकृतको कार्यालयमा सोमबार नारा जुलुससहित धर्ना पनि दिएको थियो । यता, काँग्रेसले मंगलबार मतगणनाको माग गर्दै शान्तिपूर्णरुपमा धर्ना दिएको थियो । कांग्रेसले भने मतदान भइसकेपछि सुरक्षित रुपमा मतपेटिका मतगणनास्थल आइसकेको भन्दै मतगणनाको माग गरेको छ । स्याङ्जा– २ का निर्वाचन अधिकृत रामचन्द्र शर्माले आयोगको निर्णयको पर्खाइमा रहेको बताए । एमालेले निर्वाचन आयोगमा पनि पत्राचार गरेको छ ।
