एमाले सचीव अर्याललाई हराउँदै काँग्रेसका उपसभापति गुरुङ विजयी

Share this post :

Facebook
Twitter
WhatsApp

नेकपा (एमाले)का केन्द्रिय सचिव पद्मा अर्याललाई हराउँदै स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका केन्द्रिय उपसभापति धनराज गुरुङ विजयी भएका छन् । ५ हजार ६ सय २७ मतान्तरणमा अर्याललाई हराउँदै जित हाँसिल गरेका हुन् । गुरुङले ३१ हजार ४ सय ६६ मत प्राप्त गर्दा सचीव अर्यालले भने, २५ हजार ८ सय ३९ मत ल्याएकी थिइन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका टिकराज गुरुङले ८ हजार १ सय १३ मत ल्याएका छन् । निर्वाचन अधिकृतको कार्यालयबाट घोषण भने गर्न बा“की छ । समानुपातिकबाट सांसद बनेका गुरुङ पहिलोपटक प्रत्यक्ष निर्वाचनमा होमिएका थिए । उपसभापति पदमा निर्वाचित भएपछि उनलाई स्याङ्जामा प्रत्यक्ष चुनाव लड्न पार्टीले सिफारिस गरेको थियो । गुरुङ क्षेत्र नम्बर १ का भए पनि पार्टीले २ बाट उठाएको हो । अर्यालको भने यो सहित तेस्रोपटक हो । यसअघि २०७४ मा बाम गठबन्धनबाट साझा उम्मेदवार बनेकी अर्यालले तत्कालीन उपप्रधान एवं शिक्षामन्त्री नेपाली काँग्रेसका गोपालमान श्रेष्ठलाई हराउँदै विजयी भएकी थिइन् । पूर्वमन्त्रीसमेत रहेकी अर्याल २०७४ अघि समानुपातिक सांसद भइसकेकी छन् । स्याङ्जा–२ मा मतदान भएको १० दिनपछि मतगणना भएको थियो । विदेश गएका र मरेका व्यक्तिको नाममा मतदान भएको आरोप लगाउँदै एमाले लगायतका दलहरुले पुः मतदानको माग गरेर आन्दोलन गरेपछि १० दिनसम्म मतगणना रोकिएको हो । निर्वाचन आयोगको निर्देशन अनुसार बुधबार रातीदेखी मतगणना सुरु गरिएको थियो । यहाँ सम्पन्न भएसँगै गण्डकी प्रदेशमा मतगणना सम्पन्न भई चुनावी परिणम सार्वजानिक भइसकेको छ । यहाँ ७० हजार १ सय ९१ मत खसेको थियो । यसैगरी, स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा २ मा नेपाली काग्रेसका महेश भट्टराई विजयी भएका छन् । नेकपा एमालेका बुद्धिमान श्रेष्ठलाई १ हजार ७ सय ८६ मतले पराजित गर्दै भट्टराई प्रदेशसभा सदस्यमा विजयी भएका हुन् । निकटतम प्रतिद्धन्द्धी एमालेका श्रेष्ठले १७ हजार २ मत ल्याउँदा भट्टराईले १८ हजार ७ सय ८८ मत ल्याएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *