झिनो मतान्तरको हारजित

Share this post :

Facebook
Twitter
WhatsApp

मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा झिनो मतान्तरले हारजित भएको छ । चुनावी परिणम सार्वजानिक हुनुअघि १०÷१२ मतले अघिपछि भइरहदा सार्वजानिक नतिजा पनि सोही अनुसार आएको थियो । विशेषत्ः प्रदेशमा सवैभन्दा कम मतान्तरणको हारजित भनेको स्याङ्जा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा २ हो । यहाँ नेकपा एमालेका सुधिर पौडेलले नेपाली काँग्रेसका बुद्धिबहादुर रानालाई ६ मतले पराजित गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।
पौडेलले १७ हजार ४ सय ४१ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका रानाले १७ हजार ४ सय ३५ मत ल्याएका थिए । मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मत परिणम सार्वजानिक भएको छ । शनिवार राती स्याङ्जाको नतिजा सार्वजानिक भएसँगै प्रदेशमै चुनावी परिणनम सम्पन्न भएको हो । चुनावी नतिजा सार्वजानिक भएअनुसार प्रतिस्पर्धीको हारजित थोरै मतान्तरमा भएको छ । गण्डकी प्रदेशमा प्रतिनिधिसभाका १८ निर्वाचन क्षेत्रमध्ये १७ वटामा चुनावी परिणम आइसकेको छ । प्रदेशसभातर्फ ३६ निर्वाचन क्षेत्र छन् ।
चुनावी नतिजा आएकामध्ये प्रतिनिधिसभातर्फ १ र प्रदेश सभातर्फ ५ क्षेत्रमा रोचक हारजित भएको छ । यी क्षेत्रमा झिनो अर्थात ५ सयभन्दा कम मतान्तरले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनिएका छन् । नेपाली काँग्रेस एक र नेकपा एमाले ५ ठाउँमा ५ सयभन्दा कम मतले हारजित भएका छन् । झिनो मतान्तरले जित्नेमा माओवादी केन्द्रका उम्मेदवार पनि छन् । म्याग्दी प्रदेशसभा २ का माओवादी उम्मेदवार रेशम जुग्जालीले एमाले उम्मेदवार यामबहादुर गर्बुजालाई १ सय १ मतान्तरले पराजित गरे । रेशमले ९ हजार ४ सय ५४ मत ल्याउँदा एमालेका गर्बुजाले ९ हजार ३ सय ५३ मत ल्याए । प्रदेश सभातर्फ मुस्ताङ २ बाट कांग्रेसका विकल शेरचनले पनि झिनो मतान्तरले जिते । उनले एमालेका चन्द्रमोहन गौचनलाई १ सय ५८ मतले जितेका थिए । शेरचनले २ हजार ७ सय २३ मत प्राप्त गर्दा एमालेका गौचनले २ हजार ५ सय ६५ मत पाए । प्रदेशसभातर्फ मनाङ (१) र मुस्ताङ (१) का उम्मेदवार छन् ।
यी दुई स्थानमा झिनो मतले विजयी हुनेमा कांग्रेसका उम्मेदवार छन् । हार्नेहरु एमाले उम्मेदवार हुन् । गुरुङले एमालेका उम्मेदवार ईन्द्रधारा डादु विष्टलाई २ सय ५० मतले हराउँदै मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेशसभा सदस्य चुनिए । नम्डुले १ हजार ४८ मत पाउँदा एमालेका ईन्द्रधाराले ७ सय ९३ मत ल्याएका थिए । मनाङ (१) मा पनि कांग्रेस उम्मेदवारले एमाले उम्मेदवारलाई थोरै मतान्तरले हराए । कांग्रेसका मुनिन्द्रजंग गुरुङ र एमालेका राजनबहादुर गुरुङको मतान्तर ३ सय ३० छ । मुनिन्द्रजंगले १ हजार २ सय ५५ मत ल्याउँदा एमालेका राजनले ९ सय २५ मत पाएका छन् । ५ सयको झिनो मतान्तरले हारजित हुनेमा प्रतिनिधिसभातर्फ मनाङ छ । मनाङमा काँग्रेसका टेकबहादुर गुरुङले थोरै मतान्तरले जित हात पारे । यद्यपि मनाङमा मतदाता अन्य ठाउँमा भन्दा कम छन् । कांग्रेसका टेकबहादुरले एमालेका पोल्देन छोपाङ गुरुङलाई ३ सय २८ मतको अन्तरले हराएका हुन् । एमालेका गुरुङले २ हजार २ सय ४७ मत पाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *