पूर्वप्रधानमन्त्री ओलीलाई सवैभन्दा धेरै मत

Share this post :

Facebook
Twitter
WhatsApp

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई सवैभन्दा बढी मत प्राप्त भएको छ । मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका उम्मेदवारमध्ये सवैभन्दा बढी मत ओलीलाई प्राप्त भएको हो । झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट उठेका ओलीले ५२ हजार ३ सय १९ मत पाएर विजयी भएका थिए ।
उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका खगेन्द्र अधिकारीले २३ हजार ७ सय ४३ मत ल्याएका छन् । यस्तै, दोस्रो बढी मत ल्याउनेमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने रहेका छन् । चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट चुनावमा उम्मेदवार बनेका रविले ४९ हजार ३ सय मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९ सय ८८ मत पाएका थिए । यो मतान्तर सबैभन्दा बढी हो । कांग्रेसका उम्मेदवार सुनील शर्माले मोरङ–३ मा ४८ हजार ६ सय ३१ मत ल्याउँदै एमालेका उम्मेदवार भानुभक्त ढकाललाई हराएका छन् । २०७४ को निर्वाचनमा शर्मालाई ढकालले हराएका थिए । भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ मा विजेता नेमकिपाका प्रेम सुवाल र निकटतम प्रतिद्वन्द्वी एमालेका नवराज गेलालको मतान्तर ३० हजार ७ सय ९३ रहेको निर्वाचन आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *